धरानः नेपालमा सोमबारसम्म १७ हजार ८ सय ४४ जना संक्रमित पुग्दा ११ हजार ८ सय ६८ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज निको भई डिस्चार्ज भएका १ सय ७३ समेत गरी उक्त संख्यामा संक्रमणमुक्त भएको जानकारी दिएको हो ।
सोमबार १ सय ८६ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा निको हुने दर पनि राम्रो रहेको छ । आजसम्म ६६.५१ प्रतिशत संक्रमित निको भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ जनामात्रै रेड जोनमा रहेका छन् । अर्घाखाँचीका १ जनामात्रै रेड जोनमा रहेको मन्त्रालयले बताएको छ ।
देशभरका २७ प्रयोगशालामा ४ हजार २ सय १६ जनाको थप पीसीआर परीक्षण गरिएको छ भने २२ हजार २ सय २८ क्वारेन्टिनमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ६, झापाका ३, इलामका १, मोरङका १, सिरहाका १, सप्तरीका ९, धनुषाका २, पर्साका ४, बाराका ४६ जना रहेका छन् ।
काठमाडौंका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरका १, कास्कीका ८, लमजुङका १, तनहुँका २, स्याङजाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३, रुकुमका ७, दाङका ६, दैलेखका २, सुर्खेतका ४, हुम्लाका १, कालिकोटका १, कैलालीका १ तथा डोटीका ४० जना संक्रमित थपिएका छन् ।
यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप १७३ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ८६८ पुगेको छ । -समाचारको सव शीर्षक प्रदेश १ मा ११ जना हुनुपर्नेमा ६ जना हुन गएकोले पुनः सच्याइएको छ । –सं.