Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिहीबारदेखि मात्रै गाडी चल्ने

हाम्रो कोशी आवाज
साउन ५ २०७७, सोमबार
बिहीबारदेखि मात्रै गाडी चल्ने

धरानः आगामी बिहीबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार भएका छन् ।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा पुगेको हो ।
सोमबार दिउँसो नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र क्रियाशील तीनवटै मजदूर संघ सम्मिलित कार्यदलसँग यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीसँगको वार्तापछि व्यवसायी र मजदूरहरु यातायात खुला तयार भएका हुन् । विभागले लामो दूरीका सवारीसाधनलाई पनि जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिन कोभिड रोकथामका लागि गठित उच्चस्तरीय समितिलाई सिफारिस गर्नेछ । बस चलाउन व्यवसायीहरु तयार भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्नेगरी विभागले सहजीकरण गर्ने सहमति भएको छ । कोरोनाका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्नका लागि कोष खडा गर्नेगरी मन्त्रालयसमक्ष विभागले सिफारिस गर्ने भएको छ ।
यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाईजर, पन्जा, पिपिई) सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यसअघि मौद्रिक नीतिले धेरै हदसम्म व्यवसायीका माग सम्वोधन गरेको र केही माग विभागले सम्वोधन गर्नका लागि पहल गर्ने सहमति भएको बताए ।

प्रकाशित मिति: साउन ५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend