Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संक्रमित १७, ९९४, प्रदेश १ मा १५ जना थपिए

हाम्रो कोशी आवाज
साउन ६ २०७७, मंगलबार
संक्रमित १७, ९९४,  प्रदेश १ मा १५ जना थपिए

धरानः पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप १५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ । पछिल्लो २४ घण्टामा २७ परीक्षण केन्द्रमा ३ हजार ९६३ जनाको पीरीआर परीक्षण गरिएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा उपचारपछि कोरोनालाई जितेर घर फर्कनेको संख्या १२ हजार ४७७ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनाका कारण अहिलेसम्म ४० जनाको ज्यान गइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २, उदयपुरका ८, इलामका २, मोरङका ३, सर्लाहीका ३, सप्तरीका १, धनुषाका २९, महोत्तरीका १३, पर्साका २, चितवनका ४ जना रहेका छन् ।
यस्तै मकवानपुरका ५, काभ्रेका १, रामेछापका २, चितवनका १, कैलालीका १, काठमाडौंका ८, महोत्तरीका १, नुवाकोटका १, ललितपुरका १, गोर्खाका ३, म्याग्दीका ३, स्याङजाका ३, बागलुङका ३, नवलपरासीका १, बाँकेका ३, दाङका ३, सल्यानका २, दैलेखका १०, डोटीका ४, कैलालीका ३, बझाङका ४ तथा कञ्चनपुरका २० जना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति: साउन ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend