Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गर्मी अर्थात् वर्षामा यी खानेकुरा खानै हुन्नँ

हाम्रो कोशी आवाज
साउन ८ २०७७, बिहिबार
गर्मी अर्थात् वर्षामा यी खानेकुरा खानै हुन्नँ

यो बेलामा अर्थात् वर्षाको सिजनमा खानपानमा सावधानी अपनाइएन भने पेटको समस्या झेल्नुपर्ने हुन्छ । कस्तो खानेकुरा गर्मीमा सही हुन्न ? वा कसरी पकाएको खानेकुराले स्वास्थ्य समस्या निम्त्याउँछ ?
जंग फुडः हाम्रो जिब्रोमा जंक फुडको स्वाद गढिएको छ । छिटो, छरितो र मीठो खान्कीको रुपमा जंक फुड खान्छौं, जो बजारमा सजिलै उपलब्ध पनि हुन्छ । यद्यपि यस किसिमको खानेकुराले जिब्रोलाई क्षणिक लोभ्याए पनि शरीरलाई हानी गर्छ । अझ गर्मीको समयमा त जंक फुड विष समान हुन्छ । यसको सेवनले फुड प्वाइजनिङ समेत हुनसक्छ ।
ननभेजः मासुजन्य खानेकुरा गर्मीका लागि उपयुक्त मानिँदैन । यसमा रहेको प्रोटिन चाँडै पच्दैन । यही कारण पाचन प्रक्रियामा असर पुरयाउँछ । त्यसैले गर्मीमा ननभेज खानेकुरामा जोड दिनु हुँदैन । बरु, हरियो सागपात एवं मौसमी तरकारी सेवन गर्नुपर्छ, जसले पाचन यन्त्रलाई चुस्त र तन्दुरुस्त राख्छ ।
स्पाइसी फुडः हामी अक्सर चिल्लो, चाप्लो, मसलेदार खानेकुरामा लोभिन्छौं । यस्तै खानेकुराको चक्करमा फसेर हामीले शरीरलाई रोगको कारखाना बनाइरहेका छौं । मसलेदार खानेकुराले जिब्रोलाई स्वाद दिए पनि त्यसले पाचन यन्त्रलाई सास्ती दिन्छ । त्यस्ता खानेकुरा पचाउन निकै गाह्रो हुन्छ । यसले शरीरको तापक्रम बढाइदिन्छ ।
ड्राइ फ्रुट्सः शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्न सन्तुलित भोजनको आवश्यकता हुन्छ । यसका नियमित खानामा ड्राई फ्रुट्स पनि सामेल गर्नुपर्छ । स्वास्थ्यका लागि यो फाइदाजनक छ । तर, गर्मी मौसममा भने होइन । किनभने यसले शरीरको तापक्रम वृद्धि गर्छ । यदि खाने नै हो भने, किसमिश जस्ता रसयुक्त ड्राइ फुड्स ठीक हुन्छ ।
स्पाइसी फुडः हामी अक्सर चिल्लो, चाप्लो, मसलेदार खानेकुरामा लोभिन्छौं । यस्तै खानेकुराको चक्करमा फसेर हामीले शरीरलाई रोगको कारखाना बनाइरहेका छौं । मसलेदार खानेकुराले जिब्रोलाई स्वाद दिए पनि त्यसले पाचन यन्त्रलाई सास्ती दिन्छ । त्यस्ता खानेकुरा पचाउन निकै गाह्रो हुन्छ ।
चिया-कफीः गर्मीमा पर्याप्त पेय पदार्थ पिउनुपर्छ । चाहे त्यो पानीको रुपमा होस् वा रसिलो फलफूलको रुपमा नै । झोलयुक्त खानेकुरा, फलफूल आदिको सेवनले शरीरमा पानीको मात्रा सन्तुलित बनाइराख्छ । तर, हाम्रो दैनिक पेय चिया र कफी भने गर्मीमा उपयुक्त हुन्न ।
कोल्ड ड्रिंकः चर्को गर्मीमा हामीलाई चिसो कोकाकोला, फ्यान्टा, पेप्सी घुट्क्याउन मन लाग्छ । यसले हाम्रो रहर पूरा भए पनि तिर्खा भने मेटिँदैन । यस्तो पेय गर्मीमा बढी खपत हुने भए पनि त्यसले शरीरलाई फाइदा गर्दैन । बरु कोल्ड ड्रिंकको बदलामा सर्वत पानी, कागती पानी, मोही सेवन गर्नु राम्रो हुन्छ ।
स्ट्रिट फुडः चर्को गर्मीमा कतै हिँडिरहेका बेला तपाईलाई चटपटे वा पानीपुरीले लोभ्याउन सक्छ । यस्ता खानेकुराले जिब्रोलाई क्षणिक स्वाद पनि दिन्छ । तर, पेटमा पुगेपछि भने गडबड हुन्छ । गर्मी याममा फूटपाथमा राखिएका चटपटे, पानीपुरी, आलुचप जस्ता कुनै पनि खानेकुरा ताजा र सफा हुँदैन, जसले पाचन यन्त्रलाई हानी गर्छ ।
तारेको खानेकुराः हामी तारेको, भुटेको खानेकुरा खोज्छौं । यस्तो खानेकुरा स्वादिलो त लाग्छ, तर स्वस्थ्यवर्द्धक हुँदैन । तारेको, भुटेको खानेकुरा पच्न गाह्रो हुन्छ । अझ घर बाहिर त तारेको, भुटेको खानेकुरा खानै हुन्न ।

प्रकाशित मिति: साउन ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend