धरानः नेपालमा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले थप १३३ जनामा कोरोना पुष्टि भएको बताए । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९८७ जानको टेस्ट गर्दा १३३ को पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले बताए । योसँगै नेपालमा ५ हजार ३८३ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १०७ जना कोरोना मुक्त भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।
नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ ।
प्रदेश १ मा ३३ जनामा कोरोना पुष्टि भएको छ । सुनसरीका ५, उदयपुरका १, धनकुटाका १, झापाका २५, मोरङका १ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, काठमाडौं १०, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालीकोट २, दैलेख ८, कैलाली ८, सप्तरी ७, बारा १, सर्लाही २, पर्सा ३०, धनुषा १, पर्सा १, चितवन २ जनामा कोरोना देखिएको छ ।