Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशभर ७१ जना पत्रकार तथा सञ्चारकर्मीमा कोरोना

हाम्रो कोशी आवाज
भाद्र १३ २०७७, शनिबार
देशभर ७१ जना पत्रकार तथा सञ्चारकर्मीमा कोरोना

धरान (रासस: नेपाल पत्रकार महासंघले सङ्क्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन र पत्रकारको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।
महासंघका महासचिव रमेश विष्टले आज जारी गरेको प्रेस विज्ञप्तिमा सो माग गरिएको छ । ‘सङ्क्रमितमध्ये केही निको भइसकेका छन्, केही उपचाररत अवस्थामा रहेका छन्, महासंघ उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यो विषम परिस्थितिमा सङ्क्रमणको उच्च जोखिमबीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय छ, विशेषगरी फिल्डमा खटिने संवाददाता, फोटो पत्रकार र क्यामेरा पर्सन सङ्क्रमणको उच्च जोखिममा छन् ।’

महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा सम्वेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासङ्घले आम पत्रकार तथा सञ्चारकर्मीमा अपिल गरेको छ ।
कोभिड–१९ को सङ्क्रमण नेपालमा दिनप्रतिदिन तीव्ररुपले बढिरहेको छ । पछिल्लो समय सङ्क्रमणको दर वृद्धि भएसँगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ ।
महासंघमा अभिलेख भएअनुसार उच्च जोखिमबीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट सङ्क्रमित भएका छन् ।
सो मा केही पत्रकार महिलामा समेत सङ्क्रमण देखिएको छ । महासंघको अभिलेखअनुसार मलुकका सात प्रदेशमध्ये छ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित हुन पुगेका छन् ।

प्रकाशित मिति: भाद्र १३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend