Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोही किन गर्छ आत्महत्या ?

हाम्रो कोशी आवाज
असोज ३ २०७७, शनिबार
कोही किन गर्छ आत्महत्या ?

धरानः धरानमा आत्महत्याको स्थिति विकराल छ । धरानमा अहिलेसम्म धेरैजनाले आत्महत्या गरिसकेको पाइएको छ । वृद्धवृद्धा, बालबालिका, युवापुस्ता आदि सबैले आत्महत्या गरेको पाइएको छ । आखिर मानसिक रोग मात्रै आत्महत्याको कारण हो त ? धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. निदेश सापकोटा आत्महत्या आफैंमा रोग नभएको बताउँछन् ।
‘आत्महत्याका लागि धेरै पक्षहरूले प्रेरित गरिरहेका हुन्छन् । डिप्रेसन, एडजस्टमेन्ट प्रब्लम, लगायत अन्य कारण पनि हुन सक्छन् । जस्तैः अचानक कुनै परिस्थिति आइलागेमा वा अरूलाई रीस देखाउन पनि आत्महत्या गर्ने गरेको पनि पाइएको छ ।’
उनी डिप्रेसनमा भएको मानिसले सानो समस्यालाई ठूलो र ठूलो उपलब्धिलाई सानो देख्न थाल्ने गरेको बताउँछन् । ‘मानिसले केही प्रगति गरेको हुन्छ तर पनि उसले प्रगति गरेको देख्दैन’, उनी थप्छन्, ‘अन्त्यमा केही उत्साह, उमङ्ग, रस, जाँगर नै देखाउँदैन, ऊ आफूलाई एउटा कोठामा बन्द गरेर राख्न चाहन्छन्, आशा, भरोसा र सहयोगविहीन हुँदै जान्छन् । आफूलाई निरर्थक देख्दै गएर अर्थात् कमजोर बनाउँदै लगेर आत्महत्या रोज्छ पुग्छ ।’
उनी आत्महत्या गर्ने वा मानसिक रोगले ग्रस्त मानिसले विभिन्न सङ्केत देखाउने बताउँछन् । ‘आफ्ना परिवारको सदस्य एक्लै बस्न चाहने, उदास रहने, काममा मन लगाउन नसक्ने भयो भने उनीहरूलाई के भएको छ भनेर बुझ्न थाल्नुपर्छ’, उनी भन्छन्, ‘यस्तो बेला परिवारका सदस्यले बढी ख्याल गर्नुपर्छ ।’
यदि कोही निराश हुने, सहयोगविहीन महसुस गर्ने वा आफू मूल्यहीन भएको ठान्ने आदि लक्षण देखाए आत्महत्या गर्ने सम्भावना छ भनेर बुझ्नुपर्ने उनले बताए । ‘यो त हो नै अर्कोकुरा, हालको समयमा आएर यदि उक्त व्यक्ति एकदमै हिंस्रक भइरहेको छ, छटपटाहट देखिन्छ वा एक्लो महसुस गरेर कसैसँग पनि नबोल्ने, एक्लै टोलाएर बस्ने गरिरहेको छ भने त्यस्तो अवस्थामा पनि त्यो व्यक्तिले आत्महत्या गर्न सक्छ भनेर बुझनुपर्दछ । त्यस्ता व्यक्तिलाई घरपरिवारले सहयोग चाहिन्छ र मानसिक परामर्श दिलाउनुपर्छ ।’
उनी मनोवैज्ञानिक र सामाजिक कारणले पनि आत्महत्या बढेको बताउँछन् । ‘आत्महत्याको प्रयास अथवा आत्महत्या नै गर्दछन्, त्यसमध्ये ९५ प्रतिशत व्यक्तिलाई कुनै न कुनै किसिमको मानसिक रोग हुन्छ भन्ने कुरा अध्ययनहरूले पुष्टि गरेका पनि छन् । तर त्यसमध्ये धेरैजसो व्यक्तिहरूमा आत्महत्याको कारण उदासीनता वा डिप्रेसन हुने गर्दछ । बाँकी ५ प्रतिशत व्यक्ति भने कहिलेकाहीँ एक्कासी तनावपूर्ण अवस्थामा पनि आत्महत्याको प्रयास गर्दछन् । यो मानसिक रोगले नभएर अचानक हुने घटनाक्रमसँग अथवा तनावसँग लड्न नसकेर हुने गर्दछ ।’
रोक्न सकिन्छ
आत्महत्याको सोच भएका व्यक्तिहरूलाई जोगाउन सकिने उनी बताउँछन् । ‘नजिकको मानसिक तथा मनोसामाजिक परामर्श दिने हो भने कहिल्यै त्यस्तो सोंचको विकास हुँदैन ।’ उनी भन्छन्, ‘जसलाई त्यस्तो सोंच आउँछ, सकारात्मक सोच विकास गर्ने, दैनिक रुपमा मर्निङवाक गर्ने, आफूलाई मनोरन्जनात्मक क्रियाकलापमा भुलाउने गर्नुपर्दछ । यसका साथैै मनोसमाजिक सहयोग, मनोपरामर्श तथा मनोविद्को सहयोग लिने गरौं ।’
विशेषगरी परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक रहेको उनी बताउँछन् । ‘लक्षण देखाउने व्यक्तिसँग लामो समय रहन पनि आवश्यक हुन्छ, लागूपदार्थ र मद्यपानको लतमा फसेको भए तत्काल मुक्त गर्ने प्रयास गर्नुपर्छ, सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ । त्यति गर्दा पनि जीवनशैलीमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ ।’

प्रकाशित मिति: असोज ३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend