Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रचण्डद्वारा बाबुराम, वैद्य र विप्लवलाई एकतामा आउन आह्वान

हाम्रो कोशी आवाज
असोज १५ २०७७, बिहिबार
प्रचण्डद्वारा बाबुराम, वैद्य र विप्लवलाई एकतामा आउन आह्वान

धरानः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीबाट छुट्टिएर गएका नेताहरुलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् ।
बिहीबार विभिन्न पार्टीबाट आएका नेताहरुलाई प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्यलाई पार्टी एकतामा बोलाएका हुन् ।
‘अब बाँकी रहेका कमरेडहरुलाई पनि एकतामा आउन आह्वान गर्छु । किरणजी, बाबुरामजी र विप्लवले मूलधारमा फर्किनु देशको हितमा कम्युनिष्ट आन्दोलनको हितमा, सर्वहारा श्रमजिवी जनताको हितमा हुन्छ’, उनले भने, ‘जे छन् विवादहरु सँगै बसौं । एउटा विधि प्रक्रियामा गएर निर्णय गरौं । किनकी हामी कुनै पुँजीवादी दुनियाँ निर्माण गर्दै छैनौं । हामी समाजवादी आन्दोलनको तयारीमा छौं ।’
अध्यक्ष प्रचण्डले दुई तिहाई जनमत ल्याउने कुरा चानचुने नभएको र पूर्वमाओवादी र एमाले मिलेर दुई तिहाई जनमत ल्याउन सफल भएको बताए । उनले नेपालका सबै कम्युनिष्ट पार्टी एक भए मात्रै बहुमत सँधै कायम रहने स्पष्ट पारे ।

प्रकाशित मिति: असोज १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend