Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति, ट्रम्प असफल हुने ११ औं राष्ट्रपति !

हाम्रो कोशी आवाज
कार्तिक २३ २०७७, आइतबार
बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति, ट्रम्प असफल हुने ११ औं राष्ट्रपति !

धरानः अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । औपचारिक घोषणा हुन बाँकी भए पनि उनी विजयी भइसकेका छन् । जीतसँगै जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् ।
अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले पछिल्लो मत परिणामा अनुसार २७९ इलेक्टोरल भोट प्राप्त गरेका छन् । पेन्सिल्भेनिया राज्यको परिणाम आएसँगै बाइडेनले जितेका हुन् । उनले पेन्सिल्भेनियाका २० इलेक्टोरल भोट जितेका छन् ।
अमेरिकी सञ्चार माध्यमहरुले जो बाइडेन विजयी भएको बताएका छन् । तर, अन्य राज्यहरुमा मतगणना जारी रहेकाले उनलाई आधिकारिक रुपमा विजेता भने घोषणा गरिएको छैन ।
राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार अमेरिकी इतिहासमा दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा पराजित हुने तेस्रो राष्ट्रपति बनेका छन् । तर, पनि ट्रम्पले यो हार स्वीकार भने गरिसकेका छैनन् ।
७७ वर्षीय बाइडेनले अमेरिकी राष्ट्रपति पदको लागि योभन्दा पहिले पनि सन् १९८८ र २००८ गरी दुई पटक चुनाव लडिसकेका थिए । साथै बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको दुईवटै राष्ट्रपति कालमा उपराष्ट्रपति रहिसकेका छन् ।
बाइडेन तेस्रो पटकको प्रयासमा राष्ट्रपतिमा चुनिएका हुन् । अमेरिकाको इतिहासमा बाइडेनले सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति पनि बन्न सफल बनेका छन् । सात करोड ४५ लाखभन्दा बढी अमेरिकीले बाइडेनको पक्षमा मत दिएका छन् ।
बाइडेन बाराक ओबामाका नजिकका मित्र पनि मानिन्छन् । बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्ने पक्का भएसँगै भारत, फ्रान्सलगायतका देशले बधाइ दिएका छन् । बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्दैछन् ।
चुनावी परिणामसँगै कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बन्दै छिन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको जितसँगै ह्यारिस पनि उपराष्ट्रपति पदका लागि निर्वाचित हुन पुगेकी हुन् ।
जो बाइडेनसँग पराजित भएपछि ट्रम्प दोस्रो कार्यकाल गुमाउने एघारौं राष्ट्रपति भएका छन् । ट्रम्पलाई सन १९९० यता पहिलो एक कार्यकाल मात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ ।
कोरोना भाइरस, कोरोनाको कारण अमेरिकी अर्थतन्त्रमा आएको संकट, बेरोजगार समस्या, आप्रवासीप्रतिको कठोर कदम, रंगभेदी क्रियाकलाप लगायतका कारण ट्रम्प पराजित भएको विश्लेषण गरिएको छ । ट्रम्पले भने हार स्वीकार गरेकै छैनन् । उनले वक्तव्यमार्फत चुनाव नसकिएको प्रतिक्रिया दिए । ट्रम्प पक्षले चुनावी परिणामप्रति अदालतमा चुनौती दिने बताएको छ । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोडभन्दा बढी अमेरिकीले अग्रिम मतदान गरेका थिए । राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको थियो ।

प्रकाशित मिति: कार्तिक २३ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend