Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेस नेता मीन विश्वकर्माको होस खुल्यो

हाम्रो कोशी आवाज
कार्तिक २४ २०७७, सोमबार
कांग्रेस नेता मीन विश्वकर्माको होस खुल्यो

धरानः नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा सुधार भएको पाइएको छ ।
उनलाई हाल भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनले चिकित्सक र अन्य मानिससँग बोलचाल पनि गर्न थालेको स्वकीय सचिव टेक विकले जानकारी दिए । चिकित्सकले अब निगरानी बढी नै गर्नुपर्ने बताएको र अवस्था एकदमै सुधारोन्मुख रहेको जानकारी दिएको उनले बताए ।
कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका विकको फोक्सोमा पानी जमेपछि स्वास्थ्यमा गम्भिर समस्या आएको थियो । उनको वीर अस्पतालपछि ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
गत कात्तिक १ गते कोरोना कोरोना पुष्टि भएपछि विश्वकर्मा आफ्नै निवासमा होम आइसोलेसन बसेका थिए । स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनी कात्तिक ९ गते वीर अस्पतालको भीआइपी क्याबिनमा उपचारका लागि भर्ना भएका थिए ।

प्रकाशित मिति: कार्तिक २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend