Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अझैपनि ‘आलोक’ हुनबाट जोगाऔं

हाम्रो कोशी आवाज
कार्तिक २५ २०७७, मंगलबार
अझैपनि ‘आलोक’ हुनबाट जोगाऔं

‘अङ्कल, तपाईको छिमेकीको छोरा हाम्रो एकजना साथीले फेसबुकमा सुसाइड नोट लेखेको छ, उसको अवस्थाका सम्बन्धमा बुझिदिनुस् न !’ आज बिहानै पोषणविद् प्रविन भट्टराईले कल आयो । मैले गएर बाबुसँग बुझे अहिलेसम्म अप्रिय घटना भएको रहेनछ । फेसबुकमा सुसाइड नोट लेखेको कुराका सम्बन्धमा प्रविन र मैले सचेत गरायौं । साथीको अवस्थाप्रति गम्भीर र चिन्तित भएका उनलाई धन्यवाद दिएँ । यस घटनाले मलाई भने ६ वर्षअघि आत्माहत्या गरेका आलोक नेम्वाङको घटनाले झस्कायो र चिमोट्यो ।
‘पटक–पटक मर्नुभन्दा एकैपटक मर्नु जाति’ त्यसबेला आलोकको सुसाइड नोट सार्वजनिक भएको थियो, यो टिपोट अत्यन्तै गम्भीर थियो । आलोक नेम्वाङको आत्महत्याका चर्चा परिचर्चाले यतिखेर सञ्चार माध्यमका भित्ता भरिएका थिए । उनको आत्महत्या एउटा आम मानिसको नभएर मुलुकको गिनेचुनेका प्रतिभाशाली व्यक्तिहरूमध्ये एकको भएकाले यस घटनालाई कसैले सहजरुपमा लिन सकिरहेका थिएनन् र सहजरूपमा लिनुपर्ने अवस्था र घटना पनि होइन ।
आलोकजस्ता बहुप्रतिभाशाली र स्थापित व्यक्तित्वको आत्महत्याले थुप्रै प्रश्न र बहस जन्माएको थियो, म ती बहस र प्रश्नहरूतिर रुमलिन्न चाहन्नँ । त्यसबेला मलाई फेसबुकमा लेखिएका केही स्टाटस र कमेन्टले भने निक्कै ध्यानाकर्षित गरयो, जसमध्ये मैले पढ्न भ्याएको सगरमाथा आरोही महिला पत्रकार बहिनी देउराली चाम्लिङ राईको कमेण्ट र डायस्पोराका चर्चित श्रष्टा भगवती बस्नेतजीको स्टाटस रहे । बस्नेतजीले आफ्नो स्टाट्समा ‘संसारको सर्वश्रेष्ठ प्राणी मानिएको मान्छेले पनि आफ्नै जीवनप्रति गरेको अवमूल्यन देख्दा कता कता मन दुख्छ ! बहुप्रतिभाशाली आलोकलाई के दुःख परयो होला ? कति धेरै आश गरेर बसेका लाखौं दर्शकश्रोता आशाहरु निराशामा परिणत भए ! सबैलाई रुवाएर अल्पायुमै धर्तीबाट बिदा भयौ । परेली भिजाउँदै भएपनि भावपूर्ण श्रद्धाञ्जली !’


चाम्लिङ बहिनी जसले धेरैतिर एउटै कमेन्ट गरेकी छिन् ‘कायरहरु आत्महत्यादेखि डराउँछन्– ओशोको दर्शनले यसै भन्छ । हरेक मान्छेलाई आफ्नो जीवन आफ्नै तरिकाले जिउने अधिकार हुन्छ । आलोक नेम्वाङले आत्महत्या गरेको खबर सुन्दा कुनै ठूलो, नौलो र आश्चर्य लागेन । आत्महत्या गर्ने व्यक्ति उनी पहिलो या अन्तिम होइन । हरेक मान्छेको ‘नाम’ भित्र उस्को निजी जीवन हुन्छ । आलोक, तिम्रो साहसलाई सलाम । (आत्महत्या गर्नलाई ठूलो साहस चाहिन्छ त्यो साहस र हिम्मत म सँग छैन ।)


बस्नेतजीको कथनमा उठाइको प्रश्नप्रति म पनि सहमत छु संसारको सर्वश्रेष्ठ प्राणी मानिएको मान्छेले किन आफ्नै जीवनप्रति अवमूल्यन गर्छन् ? मानिसको यो जीवनलाई वास्तवमा भन्ने हो भने उ स्वयंले पनि नष्ट गर्न पाउने, ऊ आफैलाई पनि अधिकार छैन । यो प्रथमतः यो जीवन ऊ आफैको योगदानबाट निर्मित संरचना होइन । पिता र माताको योगदानबाट निर्मित यो जीवनलाई एक्लो निर्णयबाट नष्ट गर्ने अधिकार प्राकृतिक रुपमा पनि छैन किन कि भ्रुण उत्पादन प्रक्रियादेखि संसारिक जीवनमा आउँदासम्मका प्रक्रियामा योगदान उसको शुन्य रहन्छ । जब उ आफै आफ्नै खुट्टामा उभिन सक्ने क्षमता हासिल गर्दैन तबसम्म उसले दिने होइन लिने कार्य मात्रै गरिरहेको हुन्छ । जब उसले घरपरिवारलाई समाजलाई अनि राष्ट्रलाई योगदान दिने अवस्थासम्म आइपुग्छ र पनि उसले आफ्नो देहलाई स्वनिर्णयबाट त्याग गर्ने अधिकार राख्दैन किन कि यो जीवन ऊ आफैको योगदानबाट प्राप्त होइन ।
यो जीवन प्रदान गर्न योगदान दिनेप्रति त जीवन पर्यन्त पनि ऋणी रहनुपर्ने हुन्छ । त्यसअर्थमा जीवनदाताहरूको ऋणी भएकै अवस्थामा आत्माहत्या गर्नु जीवनदाताहरूप्रति विश्वासघात हो । प्रश्न के पनि हो भने आत्माहत्या गर्नेहरूले जीवनदाताहरुलाई उ जस्तै अर्को जीवन सट्टामा दिन सक्छन् र उनीहरूलाई अरुले दिएको जीवन नष्ट गर्ने अधिकार हुन्छ ? यदि सक्दैनन् भने अरुले दिएको जीवन नष्ट गर्ने सक्ने एकल क्षमता भएपनि अधिकार भने हुन्नँ ।
अर्को कुरो यो मानवजीवन पुनः पाइने जीवनपनि होइन, जसलाई नेपालमा देहत्याग गरेर अर्कोपटक कुनै इच्छित देशमा जन्मन पाइयोस् भनेर त्याग्नु । प्राणीहरुमध्येको सर्वोत्कृष्ट हाम्रो जीवनलाई यस्तो खेलाचीं गरेर धर्तीमा आसपास (लुकिमारी) खेल्न आएजस्तो देहत्याग गर्नु पनि उपयुक्त होइन । एकपटक पाइने मानव जीवनलाई मानवहीतमा समर्पण गरेर सार्थक तुल्याउनु पर्नेमा समस्या र अप्ठ्याराहरुसँग हार खाएर आत्महत्या गर्नुलाई संघर्ष गर्दै दुश्मनको गोली लागेर मृत्युवरण गर्नेहरुसँग तुलना योग्य हुन्नँ ।
कुनैपनि त्यागले घरपरिवार, समाज, राष्ट्र र मानवजातिलाई वा चराचरजगतलाई केही न केही सकारात्मक देन दिन्छ भने त्यो सह्रानीय हुन्छ तर नोक्सानी मात्रै दिन्छ भने त्यो त्याग त्याज्य हुन्छ स्तुतिय हुन्नँ । म यहीनिर चाम्लिङ बहिनीलाई जोड चाहान्छु माथि उल्लेख गरिए जस्तै नेम्वाङको आत्महत्या स्तुतीय हो त ? जीवनमा आइपरेका अप्ठेराहरुसँग संघर्ष नगरी वा थाकेर पलायन भइयो भने पुनः केही समयपछि ट्रयाकमा आउन सकिन्छ तर सधैंका लागि जीवनबाट पलायन हुनुले घरपरिवार, समाज र राष्ट्रलाई कति योगदान दिन्छ भावीपिढीलाई कस्तो उदाहरण स्थापित गर्छ ? सत्यता स्थापित गर्न सुकरातले हेम्लेक (विष) को कचौरा सिनित्तै पिएका थिएरे, त्यो साहस र वीरता थियो । बाटाहरु खुल्ला हुँदाहुँदै संघर्षको मैदानबाट पलायन हुनु सकारात्मक होइन ।
हो ओशोले भने आत्महत्या गर्नु साहस चाहिन्छ, तर त्यो आत्माहत्या कसका लागि ? के का लागि ? एकजनाको मृत्युले बहुसंख्यकको हीत हुन्छ भने त्यो सार्थक हो तर हुँदैन भने त्यो साहस होइन न त सार्थक नै हो । हो जीवन ज्युँने तरिका आआफ्नो हुन्छ तर मर्न पनि त निरपेक्ष हुँदैन र सबै आत्महत्या पनि साहस होइन ।
ओशोका सम्बन्धमा म एउटा कुरा स्पष्ट पार्न चाहान्छु– ओशोको दर्शन भोकाएका लागि होइन, त्यो त अघाएकाहरुका लागि हो । जो जीवनबाट वैराग्यता चाहन्छन् उनीहरुका लागि हो । जीवन ज्युँन चाहानेहरु लागि त ज्युँने कला पो चाहिन्छ त मर्ने कला होइन । वैराग्यतावादी चिन्तन र दर्शन भनेको मृत्युबोधी माध्यम हो जसले संसारमा इमान्दारितापूर्वक संघर्ष गरेर बाँच्न होइन मर्न मात्रै सिकाउँछ । ओशोले त्यही कुरा जीवनबाट अघाएकाहरुलाई वैराग्यतर्फ पुराएर संघर्षपूर्ण जीवन परित्याग गर्न प्रेरित गरेका छन् । हुन त संसारका सबैधर्मले मानिसलाई ज्युँने कला कम वैराग्य तर्फ डोराउँदै मर्ने कला मात्रै सिकाउँदै आएको छ । जुन कुरा उनीहरुले उनीहरुको धर्मानुसारको भेषभुषा पहिराएर प्रारम्भ गर्छन् ।


मलाई यतिखेर चर्चित हाँस्यव्यङ्ग्य लेखन विद्याका नेपाली सम्राट भैरव अर्यालको आत्महत्याको स्मरणः भइरहेको छ जसले २०३३ असोज १९ गते राति काठमाडौं गोकर्णको पुलबाट बागमतीमा हाम फालेर आत्महत्या गरेका थिए । ४० वर्षकै अल्पायुमा अर्यालले यो संसार त्यागेका थिए । त्यसबेला अर्यालको आत्महत्याले नेपाली साहित्य जगत र सचेत समुदायलाई अत्यन्तै मर्माहत पारेको थियो । अर्यालको आत्महत्याको लगभग ४ दशकपछि अर्का चर्चित युवा श्रष्टाको आत्माहत्याले राष्ट्रलाई नै अत्यन्तै मर्माहत तुल्याएको थियो ।
हुन त यसबीचमा आत्माहत्याका घटना यही मात्रै होइनन् पत्रकार, कलाकार, साहित्यकारलगायतका केही दर्जन श्रष्टाहरुले देहत्याग गरिसकेका छन् तर यो श्रृङ्खलाको पछिल्लो पात्र नेम्वाङ तहकाले समेत यो मार्ग चयन गरिदिँदा अन्य उनीभन्दा तलका र भावी पिढीँले कस्तो पाठ सिक्दै छन्, यसतर्फ गम्भीर हुनुपर्ने भएको छ । यदि गम्भीर नहुने हो भने आत्महत्या संस्कृतिको विकास हुने खतरा बढेको छ, त्यसै त सानातिना समस्यामा युवा पिढीँहरुले आत्महत्या गरेका घटना समाचार बनिरहेका छन् । ब्राजिलले खेल हार्दा नेपाली युवतीले आत्महत्या गरेका घटना जस्तो, एसएलसी परीक्षामा अनुत्तीर्ण हुँदा आत्महत्या गरेको, कोरोना लाग्दा आत्महत्या गरेको जस्तो सस्तो ज्यान दिने शिक्षा लिए भने भविष्य कहालीलाग्दो हुनेछ ।
हुन त यी सबै हामीले पाएका शिक्षा र परिवेशमा आधारित हुने कुरा हुन । यस्ता घटना हुनुका पछाडि थुप्रै कारण हुन सक्छ तर यस्ता घटना दोहोरिन नदिन हाम्रो घर परिवार, समाज र राष्ट्रकै महत्वपूर्ण भूमिका रहन्छ । त्यो महत्वपूर्ण भूमिका निर्वाह गर्न चुक्यौं भने ‘अझै पनि’ थुप्रै नेम्वाङहरुलाई गुमाएर राष्ट्रले मूल्य चुकचुकाइ रहनुपर्ने छ ।

प्रकाशित मिति: कार्तिक २५ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend