Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कुलुङले जनगणना २०७८ मा के लेख्ने ?

हाम्रो कोशी आवाज
मंसिर १७ २०७७, बुधबार
कुलुङले जनगणना २०७८ मा के लेख्ने ?

विश्वका प्रायः सबै देशले आ–आफ्नो देशको जनसंख्यालाई तरोताजा राख्न र सो अनुसार विकास निर्माण गर्न र योजना तर्जुमा गर्नका लागि हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ । नेपालले पनि सोहीअनुसार हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ ।
नेपालमा जनगणनाको इतिहास हेर्दा विसं १९६८ मा पहिलोपटक जनगणना गरेको देखिन्छ । तर, त्यो बेलाको सरकारले आफ्नो देशको जनसंख्यालाई तरोताजा राख्न र सोअनुसार विकास निर्माण गर्न र योजना तर्जुमा गर्नका लागिभन्दा पनि लडाईँमा पठाउनका लागि र कर उठाउनका लागि मात्रै जनगणनाको लगत लिने गरिएको देखिन्छ ।
जेहोस्, यसरी हरेक १०–१० वर्षमा गर्ने गरिएको राष्ट्रिय जनगणनामा नेपालमा जातजाति, धार्मिक समूह र भाषाभाषीहरु घट्ने, बढ्ने गरेको देखिन्छ । खासगरी वि.सं २०४६ सालको राजनीतिक परिवर्तनपछि भएको हरेक जनगणनामा नेपालमा जातजाति, धार्मिक समूह र भाषाभाषीको संख्या बढ्दै गएको देखिन्छ ।
यसै सन्दर्भमा यहाँ गत अक्टोबर १०, २०२० मा एक अनलाइन न्युज पोर्टलमा आएको समाचारलाई आधार मानेर एक लेख्दैछु । सो समाचारअनुसार आगामी १२ औं राष्ट्रिय जनगणना (विसं २०७८) मा खस जातिले जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्टो’ लेखाउने भएका छन् । जुन कुरो धेरै राम्रो हो । किनभने, यसले ढिलै भएपनि ‘खस’ जातिमा आएको जातीय स्वपहिचानको चेतना हो भन्न, मान्न सकिन्छ । यसअघि सम्पूर्ण खस जातिलाई क्षत्री मान्ने गरिएको थियो भने, खसहरुलाई हिन्दु धर्मालम्बी मान्ने गरिएको थियो । यसरी हेर्दा खस जातिले ढिलै भएपनि जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्टो’ लेखाउने खसहरुको कदम वा भनौं निर्णयलाई वास्तवमै सही र समय सान्दर्भिक कदम मान्न सकिन्छ ।
त्यस्तै, हामी कुलुङहरुले पनि आगामी जनगणना २०७८ मा जातिको महलमा ‘राई’, कुलुङ ‘राई’ होइन ‘कुलुङ’ लेखाऊँ ‘राई’ जातिवाला कामरेडहरुको भ्रममा नपरौं । किनभने, हाम्रो असली जातीय स्वपहिचान ‘राई’ भन्दा पनि ‘खम्बु’ वा ‘कुलुङ’ हो । त्यसैले आगामी १२ औं राष्ट्रिय जनगणना (विसं २०७८) मा जातिको महलमा हामी ‘कुलुङ’हरुले ‘राई’ होइन, कुलुङ ‘राई’ होइन ‘कुलुङ’ मात्रै लेखाउनुपर्छ ।
स्मरण रहोस्, ‘राई’ नलेखेर कुलुङ ‘राई’ लेख्दापनि हाम्रो जनसंख्याको तथ्यांक ‘राई’ मै गाभिने हुनाले हामी ‘कुलुङ’ हरु यसपटकदेखि यो विषयमा साह्रै चनाखो हुनुपर्ने देखिन्छ । किनभने, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा पनि ‘राई’ जातिवाला कामरेडहरुको भ्रममा परे् वा विश्वास गरेर कुलुङ ‘राई’ लेखाउँदा कुलुङ ‘राई’ लेखाएको जति सबै कुलुङको जनसंख्या राईमा गाभिन गएको थियो ।
यस्तो भ्रम पर्नेमा कुलुङ समुदायकै प्रावि, निमावि र हाइस्कुलस्तरका शिक्षकहरु, जिल्ला र गाउँस्तरका नेताहरु र अधिकृत र सो भन्दा तल्लोस्तरका निजामती कर्मचारी र केही आइएनजिओ र एनजिओमा कार्यरत महानुवभावहरु पनि थिए । जसमध्ये कति त आपैm पनि जनगणक र सुपरभाइजर समेत भएर खटेकाहरु थिए । तर, यो पटक शिक्षकहरु जनगणक नहुने भएकोले गर्दा पहिलेभन्दा सजिलो हुने आशा गर्न सकिन्छ । किनभने, धेरै जसो राई शिक्षकहरु राई यायोक्खाबाट गाइडेड भएकोले विसं २०६८ मा धेरै जाति वा समुदायले राई होइन… भनी आफ्नो असली जातीय स्वपहिचान लेखाउन खोज्दा राई नभए के त ? भन्दै राई शिक्षकहरु आपैmले नाम थर टिप्दै रुजू गर्दै हिँडेको खबर पनि हामीले पाएका थियौं । जस्तो ओखलढुंगा जिल्लाको बाहिङ र अर्को एक जातिमा धेरै नै राईकरण भएको थियो, त्यो बेलाको जनगणनामा । त्यस्तै, भोजपुर, धनकुटा, संखुवासभा, इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा, सुनसरी, मोरङ लगायत जिल्लामा पनि यस्तो समस्या सिर्जना भएको थियो । वास्तवमा ‘राई’ जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले सिंंगो किरात भूमिलाई फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाएको अनि ‘खम्बु’का सन्तानहरुलाई स्थानीयस्तरमा शासन गर्न ‘राई’ ‘पदवी, पगरी’ दिएको हो भन्ने अब कसैले छिपाएर छिप्ने कुरो रहेन ।
अझ ‘जेन्युइन’ प्रश्न त के छ भने, यदि एक जाति ‘राई’ हुन्छ, हो र, एक जाति ‘राई’ को मातृभाषा चाहिँ २८ वटा हुन्छ भने त्यसरी ‘म एक जाति राई हँु, तर मेरो मातृभाषा चाहिँ २८ वटा छ’ भनेर २८ वटा मातृभाषामा खर… खरर… बोल्न सक्ने कुनै ‘माइकालाल राई’ छन् ? यदि त्यस्ता कोही ‘राई’ छन् भने, नेपालका भाषाशास्त्री, वा भनौं भाषाविदहरुले त्यस्ता ‘राई’ सँग यो पंक्तिकारलाई पनि भेट गराई दिनुपरयो भन्ने यो पंक्तिकारको जिरह हो ।
जे भएतापनि नेपालमा जनगणनाको इतिहास हेर्दा विसं १९६८ मा पहिलोपटक आधिकारिकरुपमा राष्ट्रिय जनगणना भएको देखिन्छ । त्यो बेलाको राणा सरकारले तत्कालीन नेपालको जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, क्षेत्र वर्ग आदिको सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक, चेतना विकास आदिको अवस्था कस्तो छ ? त्यो हेरेर उनीहरुका लागि विकास बजेट छुट्याउने र नीति निर्माण गर्ने ढंगले भन्दा पनि आप्mनो ढुकुटी (खास राज्यकोष) मा कसरी र कति धन–सम्पत्ति जम्मा गर्न सकिन्छ ? भन्ने हिसाबले र तत्कालीन भोटसँग युद्घ गर्न परेमा कति जवान ठिटोहरुलाई सिपाहीहरुलाई सेनामा भर्ती गर्न सकिन्छ ? भनेर मात्रै जनगणना गरेको जस्तो देखिन्छ ।
त्यस्तै धनसम्पत्ति जम्मा गर्ने सन्दर्भमा भन्नुपर्दा त्यो वेलाको राज्यको मुख्य आयस्रोत भनेको भूमि कर, हाटबजार कर, निकासी–पैठारी कर, ठेकी–बेठी, ठिँगुरो–मुङ्ग्रो आदि कर नै थियो । तसर्थ सोही हिसाबले जति सक्दो धेरै भूमि कर, हाटबजार कर, निकासी–पैठारी कर, ठेकी–बेठी, ठिँगुरो–मुङ्ग्रो आदि कर उठाउने हिसाबले स्थानीयस्तरमा धेरैभन्दा धेरै ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’ ‘चौधराई’, ‘मिझार’, ‘गौरुङ, ‘थरी’, ‘कारबारी’, ‘माथा’, ‘करता’, ‘बहिदार’ आदि नियुक्त गरे । फलतः ‘६० मुरी माटो’को पनि ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’ ‘चौधराई’, ‘मिझार’, ‘गौरुङ, ‘थरी’, ‘कारबारी’, ‘माथा’, ‘करता’, ‘बहिदार’ आदि नियुक्त भए । ‘६० मुरी माटो’ भन्नाले ‘६० मुरी अन्न फल्ने भूमि,जमीन’को ठेक्का लिन सक्नेहरु पनि ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’ ‘चौधराई’, ‘मिझार’ आदि भए ।
यसरी हेर्दा पछिल्लो तथ्यांकअनुसार नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी रहेका छन् । सो जनगणनामा आएको विविध जातजाति, भाषाभाषी, धार्मिक समूह, सम्प्रदाय आदि भनेको बुभ्mनेहरुका लागि नेपाल भनेको वास्तवमै विविधाले भरिपूर्ण ‘साझा फुलबारी’ हो । भलै राज्यले त्यहीअनुसार व्यवहारिक ढंगले नीति निर्माण नगर्नु, उनीहरुका लागि बजेट नछुट्याउनु वा छुट्याएको बजेट पनि पहुँच नभएकाहरुले नपाउनु अनेक दुःखका कथाहरु अलग्गै छन् । जेहोस्, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा उल्लेख भएका १ सय २५ जातजाति र १ सय २३ भाषाभाषीमध्ये एक हो ‘कुलुङ जाति ।’
खासमा कुलुङ भनेको एक स्वतन्त्र जाति हो । किनभने, कुलुङभित्र नै विभिन्न थर, उपथरहरु रहेको छ । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्हो, लगायत ३८० वटाभन्दा बढी थर, उपथरहरु छन् । त्यसैले कुलुङ–कुलुङबीचमै विवाहवारी चल्ने गर्छ । नत्र भने, हामी कुलुङहरु पशुसमान हौं ? त्यस्तो त होइनौं । न त हामी कुलुङहरु रगतको नाता नबार्ने, दूधको नाता मात्रै बार्ने जाति नै हौं ।
त्यसैले अरुले जे लेखे तापनि हामी कुलुङ जातिले आगामी जनगणना (विसं २०७८) मा जनगणना गर्न आउने गणकलाई जाति के हो ? भन्ने महलमा ‘कुलुङ’ र थर के हो ? भन्ने महलमा ‘थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्हो, लगायत ३८० वटाभन्दा बढी थर, उपथरहरु छन् । त्यसैले कुलुङ(लोवात्ती, देउराम, थिम्रा, रुखुपो, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, कुबीत्ती, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस’ आदि लेख्न लगाउनुपर्छ । साथै गणकले आपूmले भनेअनुसार लेख्यो कि लेखेन ? भनी आपैmले फाराममा हेर्नु पर्छ । त्यस्तै, धर्मको महलमा किरात,रीदूम वा प्रकृति पूजक लेख्न लगाउनु पर्छ । त्यस्तै भाषाको महलमा यसपटक पूर्खाको भाषा र मातृभाषा भन्ने महल आउँछ । सो महलमा पूर्खाको भाषा पनि ‘कुलुङ’ र मातृभाषा पनि ‘कुलुङ’ नै लेख्न लगाउनुपर्छ । गणकले आपूmले भनेअनुसार लेख्यो कि लेखेन ? भनी यो महलमा अझ महत्व दिएर हामी ‘कुलुङ’ हरुले हेर्नुपर्ने हुन्छ । किनभने, ‘कुलुङ भाषा’ नै छुट्यो भने हाम्रो ‘कुलुङ’ को भाषा नै नआउने वा कम आउने सम्भावना हुन्छ ।
थप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com

प्रकाशित मिति: मंसिर १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend