अवतरण हुनै लागेको बिमानले अचानक उचाई लिँदा मेरा मनभित्र हल्का तरङ्गहरु उत्पन्न भइरहेका थिएँ । त्यसरी एक्कासी विमानले उच्च गति लिएर आकाश छेड्न खोज्दा, ‘आम्मै ! पटकेले मार्छ कि के हो ?’ भन्ने शब्द मेरो दायाँतिर बसेकी युवतीले अतालिँदै भनिन् । हतासमा आएको उनको त्यो बोली सुन्दा उनी निश्चय पनि क्लेनेथ्लिकी बासिन्दा हुनुपर्छ भन्ने लाग्यो । किनभने, म क्लेनेथ्लीको निजी कलेज ‘सेन्ट माइकलमा’ विगत दुई वर्षदेखि लगातार अध्ययन गरिरहेको थिएँ । र, त्यहाँका मानिसहरुले बोल्ने भाषाको लवज राम्ररी बुझ्ने भइसकेका थिएँ ।
रायन एयरको विमानले कार्डिफदेखि आम्सटर्डमको यात्रा पूरा गर्नै लागेको थियो तर, अचानक आकासिएको विमानले चक्कर मार्दा अङ्ग्रेजी च्यानलको पानी हामीभन्दा माथिमाथि परेको जस्तो मलाई अनुभूत भयो । त्यसै त आम्सटर्डम सहर सामुन्द्रिक सतहभन्दा दुई मिटर मुनिरहेको थियो । त्यसरी चक्कर मार्दा सहर झन मृत सागरभन्दा गहिरो होलाझैं लागिरह्यो । म त्यसबेला विमानको झ्याल नजिकको सिटमा बसिरहेको थिएँ । त्यसैले मेरो आँखैअगाडि परेको त्यति धेरै सामुन्द्रिक पानीसँग डराएर हतारहतार दायाँतिर फर्किन बाध्य भएँ ।
मेरो दायाँतिरका सिटमा एउटी युवती बसिरहेकी थिइन् । उनी डरले एकपोको परिरहेकी थिइन् र उनको अगाडिको कुर्सीको कान मज्जाले समातिरहेकी थिइन् । थरर कामिरहेका तर छुँदा मैलापर्ने उनका सेताम्मे तीघ्राहरु मैले त्यसबेला एकदम नजिकबाट नियालिरहेको थिएँ । साघुँरो शरीर भएको एअरबस ए ३२० ले उछ्श्रृङ्खलता देखाँउदा युवतीलाइ मात्रै होइन, मलाई पनि हल्का त्रास उत्पन्न भइरहेकै थियो । तर त्यति हँसिली चेहरा भएकी बैशालुको अगाडि के डर देखाइ हाल्ने है भनेर म नडराएझै गरिरहें ।
एकछिनपछि बिमानको सिलिङदेखि टिङटङ…गर्दै सानो आवाज आयो त्यसपछि कप्तान केभिन हन्टले उत्तरी सागरबाट अचानक आएको मिसाहा हावाले विमान अवतरण गर्न गाह्रो भएको कुरो तिनै ध्वनिप्रसारक यन्त्रदेखि उदघोषण गरें । त्यसैले हामी एअर ट्राफिक कन्ट्रोलको निर्देशन बिनानै ‘गो राउन्ड’ गरिरहेका छौं भन्ने कुरोपनि उनले यात्रुहरुलाई जानकारी गराएँ ।

गत रातदेखि पश्चिमी युरोपभरि बेस्सरी हिउँ परिरहेको थियो । माथि आकाशबाट आम्सटर्डम सहरको अनुहार हिउँले गर्लम्मै ढाकिरहेको स्पष्ट देख्न सकिन्थे । तर, तिनै सेताम्मे सहरको बिमानस्थलमा सामुन्द्रिक नुन छर्किएर अलकत्रको थोरै मुहार खोलिएका थिएँ । त्यति नराम्रो मौसमको बाबजुद पनि जबरजस्ती विमानले अवतरण गर्नुपर्दा केही समय अगाडिदेखि नै मेरा मनभित्र भय उत्पन्न भइरहेको थियो ।
दोस्रोचोटीको प्रयत्नमा विमानलेशिफोल अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरायो । बिमानले जमिन टेक्ने बितिक्कै हातेझोलालाई दाहिने काँधमा भिरेर मैले अध्यागमनलाई पार गरिहालें । त्यसपछि केहीबेर हिँडेर यात्रु प्रतिक्षालय हलमा पुगें । तीनै हलमा आन फ्रेन्कसँग भेटने हाम्रो अग्रिम सल्लाह भएको थियो ।
आनसँग मेरो परिचय सामाजिक सञ्जालमा भएको हो । त्यसपछि हामी फोनमा पटक पटक बोलिरहेका थियौं । यद्यपि त्यसबेलासम्म हाम्रो शारिरीक भेटघाट चाहिँ भइसकेको थिएनन् । उनी यहुदी हुन् र उनकी परिवार पहिले राइन नदीको किनार नजिकै डोइजवर्ग, जर्मनीमा बस्दथे । नाजीहरुको अन्याय खेप्न नसकेरजीवन बचाउने उद्देश्यले उनका परिवार नेदरल्याण्ड छिरेका थिएँ । आन अठार वर्ष पहिले रोटड्याममा जन्मेकी थिइन् । त्यसपछि उनी सपरिवारसहित आम्सटर्डम बसाईं सरेका थिएँ ।
म प्रतिक्षालय हलमा पुगेपछि आनलाई फनफनी खोज्न थालेका थिएँ । प्रतिक्षार्थीहरुको भीडभित्र साढे पाँच फिटजति अग्ली, कैलाकेश, लामो मोहडा, गोरी अनुहार, थोरै चुच्चा नाक घुर्माइलो आँखा र पुक्कपुक्क स्याउजस्ता पोटिला गाला मेरा नयनहरु सामन्ने कतै परेनन् ।
आनको अनुहार कतै देखा नपरेपछि मलाई सामाजिक सञ्जालसँग थोरै शंका उत्पन्न हुन थालेका थिएँ । तै पनि आवेशमा आएर सामाजिक सञ्जाललाई गाली गरिहाल्ने पक्षमा पुगिसकेका थिइनँ । हुन त सामाजिक सञ्जालले पटक पटक मानिसहरुलाई फसाएको खबरहरु सुनिरहेको थिएँ । तर लरतरले अरुले भनेको कुरोप्रति त्यति चाँडै विश्वास गरिहाल्ने मेरो बानी थिएन तर, आम्सटर्डमको मौसम पटक्कै राम्रो थिएनन्, त्यसैले सायद बाटोमा आउँदै होली भनेर केहीबेर चित्त बुझाएर बसिरहें ।
प्रतीक्षालयनजिकै कोस्टा कफीको दोकान थियो । त्यहाँ गएर एउटा कफी किनेर थपक्कै कुर्सीमा बसेर पिउन थाले । गोजीदेखि मोबाइल निकालेर उनलाई फोन गरें । तर, उनको फोन स्वीचअफ थियो । उनलाई टेक्स्ट गरेर विमानस्थलमा आइपुगेको छु है भन्ने समाचार लेखेर पठाएँ ।
समयको हुरीले अस्तिको दिनदेखि जनवरी महिना भित्रयाइसकेको थिएँ । जसले गर्दा प्रतिक्षालय बाहिर फुसफुसे कोदेपानी वर्सिरहेको थियो । बाहिरको वातावरण हेर्दा हिउँ, झरी र आम्सटर्डम एकअर्कामा पर्यायवाची शब्दहरु हुन् कि जस्तो मेरो मनभित्र लागिरहेको थियो । म तिनै फुसफुसे झरीलाई गहन तरिकाले नियालेर मन्त्रमुग्ध बनिरहेको थिएँ । अकस्मात् मेरो मोबाइलको पटलमा टिङरिङ गर्दै एउटा टेक्स्ट म्यासेज टुप्लुक्कै देखापरयो ।
‘जोनाथन ! म अहिले आमस्टर्डम शिक्षण अस्पतालमा छु । गतराति मेरो बाबु र आमा कार दुर्घटनामा पर्नुभयो । झिसमिसे बिहानीमा चिकित्सकहरुले आमालाई मृत घोषणा गरिसकेका छन् । बाबुका हालत एकदम दयनीय छ । अहिलेसम्म उहाँ सघन उपचार केन्द्रमा रहनु भएको छ । मलाई माफ गर्नोस् ! यस्तो विषम परिस्थितिमा म तपाईसँग बोल्न वा भेटन सक्दिन । कृपया ! अन्यथा नठान्नुहोला ?’
टेक्स्ट आएको देखेर अत्याधिक खुशी भएको थिएँ, तर समाचार पढेर सबैभन्दा दुःखी भएँ । त्यो सबै कसरी हुनसक्यो होला भन्दै दुवैहात पुर्पुरोमा राखेर कुर्सीमा बसिरहें । त्यति दुखित समाचारले म माथि सर्लक्कै आकाश खसेजस्तै भयो । सास फेर्न हल्का कठिन भयो । मेरा नयनहरु काला र निला मात्रै होइन, मधूरो र फुस्रो भएको महसुस गरें ।
चश्मा खोलेर एकछिन टेबलमाथि राखें । मेरा दायाँबायाँ बसिरहेका सबै मान्छेहरु हाँसी खुशी बिहानीको खाजा खाइरहेका थिएँ । उनीहरुलाई खुशी देखेर मलाई थोरै इष्र्या लागिरह्यो । म सँग केही अन्य उपाय नफुरेपछि चर्मचक्षुलाई घुमाएर सर्लक्कै झ्यालदेखि बाहिरतिर पुरयाएँ । कोठा बाहिर मुटु कमाउने जाडो थियो । तर मलाई जाडोले कमाउने मुटुभन्दा आनको दुखित समाचारले झन् बढी मुटु कमाइरहेको थियो ।
अब के गर्ने होला भनेर केहीबेर किमकर्तब्यविमुढ बनिरहें । वेल्स फर्केर जाने हवाइजहाजको टिकट तीन दिनपछिको मात्रै थियो । ‘यस्तो विषम परिस्थितिमा म तपाईसँग बोल्न वा भेटन सक्दिनँ,’ भन्ने उनको समाचारलाई पुनरावृत गरे । त्यसपछि विमानस्थल छाड्ने निर्णय गरें । त्यसैले सुस्तरी कुर्सीदेखि उठेर हिँड्न खोजें । तर, समाचारको प्रभावले मेरो ढाड तीनबाङ्गो कुप्रिएझै महसुस भयो ।
हाते घडीले बिहानीको १० बजाएको थियो । आ…ठीकै छ, सहरतिर लाग्छु भन्ने मनमनै सोंचे । कछुवा गतिमा हिँड्दै केही अगाडि बढें । मेरो सिधै अगाडि एकजना डच महिला हिँडिरहेकी थिइन् । उनैलाई रेलस्टेसन देखाई मागेर त्यतैतर्फ लागें । रेलस्टेसन पुगेर आम्सटर्डम सेन्ट्रल जाने एउटा टिकट खरिद गरें ।
प्लेटफर्ममा यताउता हिँड्दै रेलको प्रतीक्षा गर्न थाले अनि केहीबेरमा टक्क रोकिए । त्यसरी रोकिँदा मेरा खुट्टाहरुले अनायसै प्लेटफर्मका भुईलाई कोट्याउन थालेका थिएँ । तर, किन किन मेरो मनभित्र आनप्रति धेरै सत्य र थोरै झूटको शंका उब्जिरहेको थियो । होइन, होइन ? म सँग उनले के झुटो बोल्थिन् होली भनेर आफैलाई सान्त्वना दिने प्रयत्न गरिरहें । तर, एक्कासी मेरो सिधै अगाडि अगाध प्यारमा झुमिरहेका एकजोडी जुरेली चरीले मलाई केहीबेरसम्म बिरमाइलो बनाइरह्यो ।
विमानस्थल थर्काउने गरी हर्न बजाउँदै रेलले आफ्नो अनुहार देखायो । मज्जाले रेल रोकिएपछि मभित्र पसेर एउटा सिटमा थचक्कै बसिहालें । एकैछिनमा बिनाआवाज रेलले विमानस्थललाई छाड्यो र उच्च गति लिन थाल्यो । मलाई त्यसबेला आ… जिन्दगी भन्ने कुरो यस्तै रहेछ जस्तो लागिरह्यो । झ्यालदेखि बाहिर देखापरेका बिनापातका अपत्र रुखविरुवाहरुसँग म क्रमशः रुमलिन थाले । केहीबेरमा रेलले मलाई आम्सटर्डमको सेन्ट्रल स्टेसनमा पुरयाएर निकालिदियो ।

फुसफुसे पानी पर्न रोकिएका थिएनन् । रेलस्टेसन बाहिर एकदम जाडो थियो । काँचो तोरीको तेल दलिएको बारबर ज्याकेटले मेरो शरीर मुस्किलले घुँडासम्म ढाँकिरहेका थिएँ । तिनै ज्याकेटभित्र राल्फ लोरनको टिसर्ट र खुट्टामा निलो लिभाइजको पतलुङ पहिरन गरिरहेको थिएँ । दुवै हातमा गाइको छालादेखि बनेका एकजोर कालो हातेपँजा र घाँटीमा भेडाको पाठोको नरम उनदेखि बनेको पश्मिनाको गलवन्दीले मज्जासँग घाँटीलाई एकफन्को बेरिरहेको थिएँ । टाउकोमा सिउरिरहेको उनीको टोपीलाई बेस्सरी तानेर कानसम्म झारे अनि युद्धमैदानमा जानको लागि तयार भएका सिपाहीझै झोला पछाडि बोकेर हिँडनको लागि तम्सें । मेरा कदमहरुलाई सुस्तरी अगाडि बढाएँ तर कताकता मोजाभित्र लुकिरहेका खुट्टाका औंलाहरुलाई थोरै चिसो महसुस भइरहेको थियो ।
रेल स्टेशनदेखि बाहिर निस्कें । त्यसपछि कतातिर लाग्नेहोला भनेर एकछिन अलमल्ल परें । के सोचेर आम्सटर्डम पुगेको थिएँ, अहिले यो हविगत भयो भन्दै स्टेसनदेखि निस्केर दक्षिणपूर्व दिशातिर हानिए । अनि अर्ध पागलझै बनेर केहीबेरसम्म एकसुरमा हिँडिरहें । त्यसरी क्रमशः हिँड्दै जाँदा मेरो सिधै अगाडि एउटा भट्टी पसल देखापरयो । अचानक देखिएको भट्टी पलिले मेरा कदमहरु टक्क रोकिए । अब हुने हुनामी दैवले टार्दैन बरु जेसुकै मरोस् भन्दै तिनै गेट्टह्यावेन भट्टी पसलभित्र छिरें ।
भित्र छिरेपछि बारको नजिकै पुगेर बेयरालाई एक पाइन्ट हाइनिकन बियर मगाए । मेरो पछाडि एउटा झोला बोकिरहेको थिएँ । झोलालाई नजिकै कुनामा थन्क्याएर मज्जासँग बियरले घाँटी भिजाउन थालें । भट्टीभित्र चुरोटको धुँवा यदाकदा आकाशका रुमलिने बादलझैं रुमलिरहेका थिएँ । र, म तिनै चुरोटको धुँवाभित्र बादलभित्र हराएको एउटा निर्दोष कागझैं भइरहेको थिएँ ।
वास्तवमा म आम्सटर्डममा राम्रैसँग हराएको थिएँ । अब कहाँ जाने होला ? अनि के गरेर तीनदिन बिताउने होला भनेर थोरै रनभुल्ल परेको थिएँ । तर, अचानक पर्खालको भित्तादेखि लिभरपुलको प्रख्यात साङ्गीतिक समूह बिटल्सको ‘लेट इट बि’ भन्ने गीत बज्न थाल्यो । त्यस गीतले मलाई त्यसबेला म्याथु स्ट्रिट, लिभरपुलको कुनै भट्टी पसलमा छु कि भन्ने अनुभूति गराइरह्यो । किनभने, त्यसबेलासम्म बिटल्सका त्यति मिठो कर्णप्रिय स्वरहरु मेरो कानदेखि विलय भइसकेका थिएनन् ।
तीन पाइन्ट हाइनिकन स्वाटै बनाइसकेपछि रात कटाउने ठाउँ खोज्नुपरयो भन्दै भट्टीदेखि सुस्तरी बाहिर निस्के । त्यसरी बाहिरिँदै गर्दा मेरो सिधै अगाडि एउटा बडेमाको कटुसको रुख देखापरयो । तिनै कटुसका फेदमा चार–पाँचजना गँजेँडेहरुले छाडेका गाँजाको धुँवा उडेर हावामा अचम्मको आकार प्रकार बनिरहेको मैले नजिकैदेखि नियालेर हेर्न थालें । बत्तीको प्रकाशसँग मिसिएर गाँजाको धुँवा विभिन्न रङ्गमा परिवर्तन भइरहेका देख्दा मलाई हल्का रमाइलो महसुस भइरहेको थियो । समय समयमा धुँवाका मुस्लोहरु स–साना बादलमा परिणत भएर आकाशभरी मडारिरहेको देख्दा मलाई केही उदेक लागिरहेको थियो ।

कटुसको फेददेखि सिधैअगाडि एउटा सानो नहर देखिन्थ्यो । नहरमाथि एक झमट बुर्कुसी मार्दानहर पारी पुग्न सकिने जस्ता देखिएतापनि यथार्थमा त्यस्तो सम्भव थिएनन् । गल्लीको किनारमा बलेको बत्तीको प्रकाशले नहरको पानी टलक्कै टल्किरहेका देखिन्थे । म त्यसै त प्रकृतिप्रेमी मान्छे थिएँ, झन नशाको सुरमा मेरो लोभी नजरलाई नहरको रङ्गीन पानीले मलाई त्यसबेला खुब आकर्षण गरिरहेको थियो ।
नहरको सिधैपारीपट्टी एक हुल मानिसहरु जम्मा भएर बसिरहेका थिएँ । उनीहरुको हात हातमा बियरका बोतलहरु थिएँ । तिनै बियरको जोसमा सानो डाँडामाथि अचम्मसँग गीत गाउँदै नाच्दै गरिरहेका थिएँ । आम्सटर्डम वेश्यालयको नजिकै रहेको तिनै सानो डाँडालाई मैले ‘हुकर हिल’ नामाकरण गरिदिएँ । र, हुकर हिलमा भएको त्यति रमाइलो ‘स्ट्रिट पार्टीको’ चर्तिकलाले मलाई केहीबेर अचम्मित तुल्याइरह्यो ।
उनीहरुदेखि मेरो नजर हटाएर सानो गल्लीतर्फ पुरयाइ दिए । साँझ झमक्कै परिसकेको थियो । केही समय अगाडिदेखि आकाशमा ताराहरु फलिसकेका थिएँ । आकाशमा भएका जम्मै ताराहरुको नजर लगाएपछि मैले लामो लामो सास तानें । र, सहरको नजिकै बहिरहेको आमस्टेल नदीले छाडेको मन्द मन्द हावामा मिसिएर आएको अक्सिजनले मेरो फोक्सोलाई एकचरण मज्जाले सफा गरें ।
निक्कै लामो समयसम्म रुखको फेदमा बसेर रमिता हेरिसकेपछि मेरा कदमहरु सुस्तरी ‘रातो बत्तीको जिल्ला डि वालेन’ तर्फ लम्कन थालेका थिएँ । दिनभरि पानी परेर भिजेको आम्सटर्डम सहरले भर्खरै शान्तिका सास फेरिरहेको थियो । पानीले डि वालेन वेश्यालयका गल्लीहरु धोबीले धोएर पखालेका लुगाभन्दा सफा देखिएका थिएँ । म तिनै सफा गल्लीमा मानिसहरुले तानेको गाँजाको धुँवा र आफैले पिएको बियरको नशा शरीरमा निरन्तर बहिरहने तातो तातो रगतसँग मिसाएर विश्वको यौनिक राजधानी आम्सटर्डम फनफनी घुम्ने आँट गरिरहेको थिएँ ।
मलाई डच बियरले साहस भरिदिएपछि मताहा हात्तीझै लमकलमक अगाडि लम्कन थालेको थिएँ । त्यसपछि मेरा कदमहरुले क्रमशः गल्लीमा बिछ्याइएका ढुङ्गाहरु गन्दैगन्दै अगाडि बढिरहें । तर मेरा कदमहरु जतिजति अगाडि बढ्दै जान्थे, उतिउति खुट्टाहरु लरबराएका जस्तो लाग्दथ्यो । किनभने, त्यहाँ हिँडिरहेका सबै मान्छेहरुको गिद्देदृष्टि मै माथि खनिएको झैं लागिरहेको थियो । त्यसैले थोरै सरम मान्दै मेरा अनुहार रातापिरा भइरहेका महसुस गरिरहेका थिएँ । निश्चय नै एउटी सुन्दरी आनको खोजीमा आम्सटर्डम पुगेको थिएँ । तर, सिसाका झ्यालहरुभित्र देखिने अनगिन्ती आनको प्रतिरुपहरु देखेर छक्क परिरहेको थिएँ ।
दिनभरि परेको पानीले विश्राम लिएपछि गल्लीमा मान्छेहरुको हुल बढ्दै जान थालेका थिएँ । ‘मार्करमिर ताल’ बाट समय समयमा हुनुनु आवाजसहित आएको चिसो बतासले मेरो कानसिरी कठङ्ग्रिन खोजिरहेका जस्तो भान पर्दथ्यो । म गन्तब्यहीन दिशामा भौतारिरहेको थिएँ । त्यसैले मेरा सिधै अगाडि परेका गोरेटोहरुजति सबै मेरा हुन् भन्दै निरन्तर अगाडि बढिरहें ।
केहीबेर हिँडेपछि ‘औडी डेलानस्ट्राट’ गल्लीमा पुगेर मेरा कदमहरु अचानक रोकिए । त्यँहीबेला मेरो सिधै अगाडि एउटी सुन्दरीवेश्या देखा परिन् । अझै उनले दाहिने हात उठाउँदै ‘यता भित्र आउनोस्,’ भन्ने मलाई सङ्केत गरिरहेकी थिइन् । उनी शिशाका झ्यालभित्र थिइन् र म उनको ठीक विपरीत दिशा गल्लीमा ठिङ्गै उँभिरहेको थिएँ । एक अर्कामा हाम्रा नजर जुधेपछि झण्डै निर्वस्त्र वेश्याकी अनुहार, छाती, पेट, फिला र खुट्टासम्म मज्जाले नियालेर हेरें । रेड लाइट डिस्ट्रिकमा देखिएका वेश्याहरुमध्ये सबैभन्दा ‘सुन्दरी वेश्या’ उनी नै हुन् कि भन्ने मलाई त्यसबेला लागिरह्यो ।
मलाई दोश्रोचोटी बोलाएपछि, उनको कोठामा पस्ने निधो गरें । जब मेरा कदमहरु बढेर ढोका छेवैमा पुगे, तब मलाई कतै नभएको लाज लागेर आयो । त्यसैले मेरो मुन्टोलाई घरी दायाँ र घरी बायाँ हेर्न थालें । म जस्तै अन्य मानिसहरु पनि ढोकाढोका चाहारिरहेको दृश्य त्यहाँ देखापरेका थिएँ । त्यस्तो दृश्यले मलाई हल्का मनोबल त बढाएको थियो तर एक्कासी मेरा नजर सिधै माथिको आकाशतर्फ पुग्यो । त्यसरी अचानक आकाशलाई हेर्दा तितरबितर भएर छरपष्टिएका बादलका टुक्राहरुबीच सुनौला ताराहरु चम्किरहेका देखें । मलाई त्यसबेला बादल र ताराहरुको रमाइलो त्यो खेलनै वास्तविक जीवन हो भन्ने लाग्यो । वास्तविक जीवन सम्झेर जिन्दगीमा पहिलोपटक वेश्यालयको कोठीभित्र छिरें ।
कोठाभित्र पसेर उनलाई आत्मियताको साथ ‘हेल्लो’ भनेको थिएँ । म कोठाभित्र पसेको देखेर उनले दोश्रोचोटी मधुर मुस्कानले वाण हानेकी थिइन् । त्यसपछि, ‘यहाँलाई मेरो कोठामा हार्दिक स्वागत छ,’ सानो स्वरमा बोल्दै मलाई स्वागत गरिन् । उनको स्वागत र आकर्षक शरीरले म केहीबेर द्विविधामा परिरहेको थिएँ । अब के भन्ने होला भनेर मेरो मुखदेखि अर्को शब्द निस्कन एकदम गाह्रो परिरहेको थियो । मलाई एक्कासी अस्वाभाविकरुपले सास बढेर आयो । त्यसैले लामो लामो सास तानेर छाड्ने प्रयत्न गरे । तर किन किन मेरो शरीरदेखि फोक्सोले अघि नै बिदा लिएर हिँडेको जस्तो अनुभूति भइरह्यो ।

‘के तपाई रसियन हो ?’ मुस्किलले मेरो मुखदेखि अर्को शब्द फुत्कियो ।
‘होइन, होइन म पोलिस हुँ । तर मेरी आमा काजाक हुन् । त्यसैले मेरा कैलाकैला आँखाहरु रसियनहरुको जस्तै देखिन्छन् । कृपया ! यता भित्रै आउनोस् ? अनि केही अफ्ठ्यारो मान्न पर्दैन ? यहाँ पाल्नुहुने सबै ग्राहकहरुको उद्देश्य एउटै हुन्छन् ।’
उनले उद्देश्यमा लगेर वाक्यांशलाई पूरा गरेकी थिइन् । मेरो त्यति छोटो प्रश्नको जवाफ निक्कै लामो गरेर फर्काएकी थिइनँ । म जहाँ उभिरहेको थिए त्यसको भित्रपट्टि अर्को दैलो थियो । उनी त्यसतर्फ हिँड्दै गइन् र तिनै दैलोलाई खोलिन् । दाहिने हातले इसारा गर्दै मलाई भित्र पस्न भनिन् । म केही बोलिनँ तर उनले भनेझै सरासर त्यस कोठाभित्र पसें । भित्र पसेपछि नजिकै रहेको कुर्सीमा बस्नको लागि उनले पुनः सङ्केत गरिन् । मैले थोरै सङ्कोच मानें तर दायाँबायाँ नहेरी थपक्कै कुर्सीमा बसें ।
म कुर्सीमा बस्नेबित्तिकै उनले ढोकालाई मज्जाले बन्द गरिन् । चुकुल राम्ररी लागेको छ वा छैन भनेर एकचोटी निश्चित गरिन् । एकै ठाउँ खप्टिएर बसिरहेको झ्यालका पर्दाहरु सरर तानेर टक्क लगाइन् । कोठाको सिलिङ र भित्तामा भएका चहकिला बत्तीहरुलाई हल्का मधूरो बनाइन् । म त्यतिबेलासम्म घोत्लिएर उनको कार्यशैलीलाई एकनासले हेरिरहेको थिएँ । त्यसपछि हिलको टकटक आवाजसहित उनी म बसिरहेको कुर्सीतिर हिँड्दै आइन् ।
जब उनी मेरो नजिकै आइपुगिन् । मेरो मुटुको गति ढुकढुक बढिरहेको थियो । अदृश्यरुपले मेरो सम्पूर्ण शरीर थरर काँपिरहेको थियो । तैपनि उनको त्यति पातलो र आकर्षक शरीरसँग म आकर्षित भइरहेको थिएँ । मलाई डर लागिरहेको थियो तर उनको हरेक गतिविधिलाई खुब नजिकदेखि नियालेर हेरिरहेको थिएँ ।
केहीबेरमा उनका हातका औंलाहरु मेरा शरीरमा ठोक्किन आइपुगे र सुस्तरी सुस्तरी खेल्न थाले । उनको औंलाको स्पर्शले मलाई हल्का अफ्ठ्यारो लागेका थिएँ, त्यसैले आँखाहरु बन्द भए । लाजले मेरो मुखबाट एक्कै शब्द प्रस्फुटित हुन सकिरहेका थिएनन् । किनभने, जिन्दगीमा पहिलोचोटी वेश्यालयको भ्रमण गरेको थिएँ । सायद त्यहाँको चलन त्यस्तै होला भनेर पापी औंलाहरु जति सलबलाए पनि चुपचाप सहिरहेको थिएँ ।
केहीबेरमा उनैले मुख खोलिन्, ‘प्रथमचोटी हो ?’
सुस्तरी हावामा मिसिएर आएको उनको प्रश्नलाई मैले राम्ररी सुनिरहे । तर,उनलाई जवाफ फर्काउन सकिरहेको थिइनँ । म त्यतिक्कै नाजवाफ बनेर बसिरहेको फाइदा उठाउँदै मेरा शरीरमा उनीरहेका सबै कपडाहरुलाई उनैले बिदा गरेर पठाइदिइन् । त्यसपछि, एक्कासी बिनाबादल आकाशमा गुडुडु मेघ गज्र्यो । घरको छानो छेडला जस्तोठूल्ठूला पानीका फोकाहरु वर्षन थाल्यो । मार्कमिर तालको जम्मै पानी उल्टेर आए जस्तै भयो । लाल बत्तीको जिल्ला आम्सटर्डममा समयको हुरी नराम्रो तरिकाले आयो र निमेषभरमा फुसुक्क अन्त भयो ।
मैले एउटा थकित, क्लान्त र शिथल शरीरलाई एउटी वेश्याकी पलङमा केहीबेरसम्म लडाइरहें । एक बोतल पानी पिएपछि उनीसँग बिदा माग्दै म बाहिर निस्कें । एउटी सक्कली आन फ्रेन्कको खोजी गर्दै अन्तराष्ट्रिय यौनिक राजधानी आम्सटर्डम पुगेको थिएँ । तर, नक्कली आनसँग शरीर मिसाएर औडी डेलानस्ट्राटको साघुँरो गल्लीमा हिँड्न थालें । मेरो जिन्दगीको प्रथम सहवासले अनुहार आम्सटर्डमको रेड लाइट डिस्ट्रिकको बत्ती जस्तै लाल रङ्गमा परिणत भएको लामो समयसम्म महसुस गरिरहेको थिएँ ।
आम्सटर्डममा बेस्सरी जाडो भइरहेको थियो । मेरा दुवै हातहरुलाई ज्याकेटको खल्तीभित्र मज्जाले लुकाइराखें । औडी डेलानस्ट्राट गल्लीलाई फेरि नफर्किने बाचा गर्दै सुस्तरी दाहिनेतिर घुमें । त्यसबेला वेश्यालयको समयले एघार बजाइसकेको थियो । मेरो शिरलाई घोप्टो बनाए र निरापराध कदमहरुलाई गन्तब्यहीन दिशातर्फ क्रमशः चालिरहें ।
रात छिपिँदै जाँदै थियो । त्यसैले अलिक जोडले हिँड्न थालेको थिएँ । तर एकैछिनमा गलेर लखतरण परिहालें । केहीबेर टक्क रोकिएर दुवै हातलाई कम्मरमा राखे । त्यसपछि लामो लामो सास तानेर आकाशतर्फ हेरें । मलाई किनकिन त्यसबेला आकासे बगैंचामा टहटह चम्किएका पूर्ण चन्द्रमाले जिस्क्याइरहेको जस्तो भान परयो । गल्लीका किनारमा बलेको बत्तीको प्रकाश एकदम मधूरो थियो । म तिनै मधूरो प्रकाशमुनि खियाले खाइसकेको फलामझैं जीर्ण शरीर लिएर एकाध उभिरहेको थिएँ अनि मेरा पाइतालाहरु सतहमा बिछ्याइएका स–साना ढुङ्गाहरु (कोबल स्टोन) माथि आराम गरिरहेका थिएँ ।
म जुन ठाउँमा उँभिरहेका थिएँ । तिनै ठाउँमा एकजना बेश्या आइमाई आइपुगिन् र मेरो खुट्टाले कब्जा गरिरहेको जमिनमा उनले हेर्न लगाइन् । उनको भनाइ सुनेर पहिले म झसँगै बनें तर हतारहतार भुईतिर नजर लगाइहालें । मेरा खुट्टा नजिकै एउटा धातुको पातामा एकजोडी स्तन ‘ब्रोन्ज ब्रेस्ट’ देखा परे । र, बायाँतिरको स्तनलाई मानवीय हातका पन्जाले च्याप्प समातिरहेका देखिएँ ।
केहीबेर भुइँमा बिलाएका मेरा नजरलाई टिपेर तिनै वेश्यातर्फ पोख्न खोजे । उनले छाडेकी आवाज हावामा बिलिन हुन नपाउँदै उनी मसँग दुर भइसकेकी थिइन् । त्यसरी अध्याँरोभित्र उनी बिलिन हुँदै गर्दा मलाई हल्का लज्जाबोध भइरहेको थियो । मेरा दाहिनेतिर विरहपूर्ण भाखाले नहरको पानी ओरालैओरालो बहिरहेको थियो । मार्कामिर तलाउदेखि आएको चिसो चिसो बतासले मेरो शरीरलाई आंशिकरुपले हल्लाईरहेका थिएँ ।
तर, आम्सटर्डम वेश्यालय बाहिर भेटिएको ‘ब्रोन्ज व्रेस्ट’ कसले र किन बनाएका होला भनेर म निकैबेर घोत्लिरहेको थिएँ ।
बुइपा, खोटाङ, हालः अक्सफोर्ड, बेलायत