Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जलवाष्पयुक्त वायुको प्रवेश

हाम्रो कोशी आवाज
मंसिर २६ २०७७, शुक्रबार
जलवाष्पयुक्त वायुको प्रवेश

धरानः दक्षिण पूर्वी अरेबियन सागरबाट प्रशस्ता मात्रामा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको समेत प्रभाव रहेको छ । जसको प्रभावले तराईमा अहिले कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । अहिले देशभरको मौसममा आंशिकदेखि सामान्य बदली छ भने हिमाली भू–भागमा हिमपातको सम्भावना छ ।
विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति: मंसिर २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend