
विष्णु स्कुलकी प्रतिभावान आशिका
धरानः धरानकी आशिका गौतम गीत गाउन र नाच्न खप्पिस छिन् । १२ वर्षकी उनी गीत गाउन र नाच्न खप्पिस रहेकी हुन् ।
धरान–९ स्थित विष्णु मेमोरियल माविको कक्षा–७ मा अध्ययरत् उनी गीत गाउन र नाच्न भनेपछि स्कुलमा आयोजना हुने प्रतियोगितादेखि अन्य प्रतियोगितामा समेत अघि सर्छिन् । स्कुलमा आयोजना भएका गायन र नृत्य प्रतियोगितामा भाग लिएर उनले धेरै पुरस्कार जितिसकेकी छिन् ।
विशाल गौतम, लक्ष्मी गौतमकी छोरी उनी ९ वर्षको उमेरदेखि गाउन र नाच्न थालेको बताउँछिन् । चाइल्ड आइकनलगायत अन्य प्रतियोगितामा भाग लिएर उनी प्रथम, दोस्रो बनिसकेकी छिन् । भविष्यमा सफल गायक, कलाकार र एयरहोस्टेज बन्ने उनको लक्ष्य छ । लकडाउन होस् वा अन्य समयमा फुर्सदिलो समयमा उनले टिकटकलगायतका सामाजिक सञ्जालमा पनि गीत गाएको, नाचेको भिडियो हालेकी छिन् । त्यसमा धेरैले मन समेत पराइदिएको उनले बताइन् ।





पुरातात्विक महत्व बोकेको धार्मिक एवं ऐतिहासिक स्थल किच्चकबध क्षेत्र नेपालको कुन जिल्लामा पर्दछ ?
उत्तरः झापा (किच्चकबध क्षेत्र महाभारतकालीन घटना संग जोडिएको छ ।)
सन् १९२१ मा सगरमाथाको प्रथम आरोहण प्रयास कसको नेतृत्वमा भएको थियो ?
उत्तरः कर्णेल चाल्स हवार्ड बरी (बेलायत)
सन् २०१९ मा मनाइएको विश्व स्वास्थ्य दिवसको नारा के रहेको छ ?
उत्तरः सबैका लागि स्वास्थ्यः प्रत्येकलाई जहीँतहीँ ( सन् १९४८ अप्रितल ७ देखि मनाउन थालिएको हो।)
राष्ट्रिय बाघ गणना – २०१८ को तथ्याङ्क अनुसार हाल नेपालमा बाघको संख्या कति रहेको छ ?
उत्तरः २३५ वटा (सन् २०१३ को गणनामा १९८ वटा)
व्यवसायिक रुपमा पाँचौ पुस्ता (छन्) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?
उत्तरः दक्षिण कोरिया
लाल चोक कुन दरबारभित्र रहेको चोक हो ?
उत्तरः पचपन्न झ्याले दरवार
सुपारी विवाह कुन जातिमा प्रचलित छ ?
उत्तरः धिमाल


सिद्धान्त सुब्बा, सेन्ट जोसेफ इ.बो. स्कुल, धरान-१७

जहाजमा किन चरा ठोकिन्छन् ?
धरानः विमानस्थल वा अन्य ठाउँमा बेलामा बेलामा चराले सताउने गर्छ । विमानस्थल कार्यालयका अनुसार गमी मौसममाभन्दा जाडो मौसमा विमानस्थलमा चराले बढी सताउने गर्छ । चराको रोजाइका विमानस्थल नै पर्छ । विमानस्थलमा विहानदेखि बेलुकासम्म नै घाम लाग्छ । जसकारण पनि चराउ पारिलो ताप्नका लागि विमानस्थल आसपासमा उडिरहेका हुन्छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानलाई चराले ठूलो चुनौति दिइरहेका छन् ।
चरा ठोक्किँदा कतिपय विमान ध्वस्त भएका छन् भने कतिपय विमान दुर्घटनाबाट जोगिएका छन् । नेपालमा विमान दुर्घटनाका विभिन्न कारणमध्ये चरा पनि एक हो । चरा धपाउन अत्याधुनिक प्रविधिको विकास भइसकेको छ । तर हामी सिकारीमार्फत चरा धपाइरहेका छौं । चराकै कारण विमान दुर्घटना बढेपछि क्यानले विमानस्थलमा ‘एभिन राडार’ कन्ट्रोल मेसिन जडान गर्ने योजना बनाएको थियो । तर, यो योजना अहिले काम नै नभइ बन्द भइसकेको छ ।
विमानस्थलमा रहेका प्राविधिकहरुले रोडारबाट प्राप्त सूचना पहिले नै विमान चालकलाई उपलब्ध गराउन सक्छन् । विमान चालकले विमान अवतरण गर्नु आगावै विमानस्थलमा चरा रहे नरहेको थाहा पाउने भएकोले दुघर्टना हुने सम्भवना अत्यन्तै कम हुन्छ । विमानस्थलमा पशुपंक्षी आउन नदिनका लागि चारवटा प्रविधि अपनाइँदै आइएको छ । यसमा ग्यास क्यानन, एक्रो क्रो, वेलर मेसिन र सिकारी हुन् ।

ग्यास क्यानन ड्वाङ आवाज आउने मेसिन हो । विमानस्थलमा चरो बसेमा रिमोट कन्ट्रोलमार्फत ग्याँस ड्वाङ पड्किन्छ र चरा उडेर भाग्छ । विमानस्थलमा एक्रो क्रो प्रविधि पनि चरा धपाउनका ला
गि प्रयोग हुँदै आएको छ । यसमा रहेको चम्किलो लाइट ट
ल्किएपछि चराहरु आउँदैनन्, विमानस्थलमा भए
का पनि भाग्छन् । वेलर मेसिनले पनि विमानस्थलमा चरा धपाउने गरिएको छ । यो मेसिनले विभिन्न चराहरुको आवाज निकालेर चराहरु धपाउँछ ।
चराले गराएका घटना
झन्दै दुई महिना अगाडि मात्रै हिमालएयरलाइन्सको जहाज चरासँग ठोकिन पुग्यो । जहाज चरासँग ठोकिएपनि कुनै ठुलो घटना भने भएन् । तर, जहाज एक साता ग्राउन्डेट भएको थियो ।
सन् १९९६ अक्टोबरमा थाई एयरवेजको ए ३०० जहाज चरा ठोक्किएर दुर्घटना भयो । यस्तै, सन् २०१० सेप्टेम्बरमा बंगलादेशको डिसी १० र सन् २०१२ सेप्टेम्बरमा सीता एयरको जहाज पनि चरासँगै ठोक्किएर दुर्घटनामा परेका थिए ।
सन् २०१४ को डिसेम्बरमा जेट एयरवेजको जहाज पनि चरासँग ठोक्किएको थियो । साथै, सन् २०१५ मा टर्किस एयरको जहाज पनि चरासँग ठोक्किए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको थियो ।
दुई वर्षअघि लुक्लातर्फ उडेको गोमा एयरको जहाज पनि चरासँग ठोक्किएको थियो । तर, जहाज विमानस्थलमै अवतरण गर्न सक्दा ठूलो घटना भने भएन । जहाज सकुशल अवतरण नगरेको भए ९ जना यात्रु र चालक दलका सदस्यको ज्यान जाने थियो । चरा ठोक्किँदा विमानको दायाँ पखेटा कुच्चिएको थियो ।