Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकार अलोकतान्त्रिकः देउवा

हाम्रो कोशी आवाज
मंसिर ३० २०७७, मंगलबार
सरकार अलोकतान्त्रिकः देउवा

धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएर सर्वसत्तावादी सोंचतर्फ अघि बढेको आरोप लगाएका छन् ।
संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको उनको भनाइ थियो । ‘सरकारको यस कदमबाट सर्वसत्तावादी सोच झनै प्रष्ट भएको छ’, उनले भने, ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमति छ ।’
उनले सामाजिक सञ्जाल ट्वीटरमा सो कुरा लेखेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला शंसोधन) अध्यादेश २०७७ जारी गरेकी छिन् । नयाँ अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ । अध्यादेश अनुसार अब अध्यक्षसहित बहाल रहेका बहुमत संख्याको आधारमा बैठक बस्न सक्नेछ ।

प्रकाशित मिति: मंसिर ३० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend