Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘ओली नेतृत्वको सरकार पूरा कार्यकाल टिक्छ’

हाम्रो कोशी आवाज
मंसिर ३० २०७७, मंगलबार
‘ओली नेतृत्वको सरकार पूरा कार्यकाल टिक्छ’

धरानः अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूरा कार्यकाल टिक्ने बताएका छन् ।
मंगलबार बुटवलस्थित कान्ति माविको विज्ञान तथा छात्रावास भवनको शिलन्यास गर्दै उनले केपी ओली नेतृत्वको सरकार पूरा कार्यकाल टिक्ने दाबी गरेका हुन् ।
‘नेकपा भित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास भएको छ, तर त्यस्तो सपना पूरा हुँदैन’, कार्यक्रममा पौडेलले भने ।
पार्टीभित्र अहिले देखिएका समस्यालाई समाधान गरेर एकताबद्ध भएर अघि बढ्न पार्टी नेतृत्व सफल हुने उनको दावी छ । अन्तरविरोधले पार्टी एकतामा असर नगर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: मंसिर ३० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend