Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हामी कस्तो ‘समृद्धि’ खोजिरहेका छौं ?

हाम्रो कोशी आवाज
पुष १ २०७७, बुधबार
हामी कस्तो ‘समृद्धि’ खोजिरहेका छौं ?

अहिले पनि नेपालमा समृद्ध नेपालकै चर्चा हुने गरेको छ । नेतादेखि कार्यकर्ताको भाषण सम्म, पियन देखि हाकिमको गफसम्म , वडा सदस्य देखि प्रधानमन्त्री सम्म साथै सरकारी तथा गैर सरकारी कार्यालयका व्यक्तिहरु सबैले बोल्ने एउटै साझा शब्द छ त्यो हो समृद्धि र समृद्ध नेपाल ।
बेरोजगारीको दर बढिरहेको छ, शैक्षिक युवाहरु रोजगारीको लागि भौंतारिइरहेका छन् । नेपालमा आफ्नो राम्रो भविष्य नदेखेर आज प्रतिदिन १३०० भन्दा बढी नेपालीहरु सुन्दर भविष्यको सपना बोकि विदेश जान त्रिभुवन विमानस्थल पुग्छन् भने सरदर तीन जना नेपाली दाजुभाई दिदीबहिनी काठको बाकसमा फर्किन्छन् । भविष्यका कर्णधारले प्राप्त गर्ने शिक्षा प्रणालीमा धर्ती असमानको अन्तर छ । आज लाखााैं बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर छन् भने बिच बाटै अध्ययन छोड्नेको दर बढी छ । आज कोहि जन्मिँदै राज्यको स्रोत साधन र अवसरमा सहज पहुच राख्ने अवसर प्राप्त गर्छ तर कोहि जन्मिदै गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको लागि संघर्ष गर्नुपर्ने हुन्छ ।
आज विभिन्न संचार माध्यममा, पत्रपत्रिका लगायत विभिन्न फोरमहरुमा समृद्ध नेपालको चर्काचर्कि बहस हुने गरेको पाइन्छ । वास्तवमा के हो समृद्धि र समृद्ध नेपाल ? कसरी समृद्धि नेपाल बनाउन सकिन्छ ? सबै राजनैतिक दल लगायत व्यक्तिपिच्छे आ-आफ्नो र अलग अलग परिभाषा छ, जुन नेपाली राजनीतिक आकाशमा ठुलाठुला आवाजमा जताततै समृद्धिको लय गुन्जिरहेको छ । आज समृद्धिलाई राष्ट्रियता सँग जोड्दै आफुलाई राष्ट्रवादी, विकासवादी र परिवर्तनकारी देखाउन खोज्नेहरुको लर्को छ तर आज हामीले समृद्धिको कुरा गरिरहँदा हामीले चाहेको समृद्धि कस्तो हो ? समृद्धिको माला भित्र सबै बर्ग, उमेर समूह , जाती, लिङ्ग र क्षेत्रको नेपाली अटाउन सक्छन् कि नाई ? नेपालीको जिवनयापन कस्तो हुन्छ, उनिहरुले आफ्नो जिवनलाई सहजरूपमा जिविकोपार्जन गर्न सक्छन कि नाई किनकि आज बेरोजगारीको दर बढिरहेको छ आज शैक्षिक युवाहरु रोजगारीको लागि भौतारी रहेका छन । नेपालमा आफ्नो राम्रो भविष्य नदेखेर आज प्रतिदिन १३०० भन्दा बढी नेपाली सुन्दर भविष्यको सपना बोकि बिदेश जान त्रिभुवन विमानस्थल पुग्छन भने सरदर तीन जना नेपाली दाजुभाई दिदिबहिनी काठको बाकसमा फर्किन्छन् । भविष्यका कर्णधारले प्राप्त गर्ने शिक्षा प्रणालीमा धर्ती आसमानको अन्तर छ आज बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर छन् भने बिच बाटै अध्ययन छोड्नेको दर बढी छ । आज कोहि जन्मिँदै राज्यको स्रोत साधन र अवसरमा सहज पहुँच राख्ने अवसर प्राप्त गर्छ तर कोहि जन्मिदै गाँस, बास, कपास ,शिक्षा र स्वास्थ्यको लागि सघर्ष गर्नु पर्ने हुन्छ ।
आज समाजमा दण्डहीनता र भ्रष्टाचारको दर दिनप्रतिदिन बढिरहेको छ जसले गर्दा समाजमा महिला हिंसा, जातिय हिंसा, महङ्गी बढिरहेको छ । आज समाजमा महिला दाइजोको नाममा, छाउपडीको नाममा हिंसा भोगी रहेका छन् त्यस्तै बलात्कार जस्तो जघन्य अपराधको सिकार भैरहेकी छिन् । आज समृद्धिको बहस भित्र महिलालाई न्याय , सुरक्षा र अवसरको मुद्दा प्रमुख बनेको छ । आज राज्यमा गरीब र धनी बिचको खाडल बढी छ, जसले गर्दा उनिहरुले प्राप्त गर्ने अवसर आकास जमिनको फरक छ । आज कति नेपाली बिमारी पर्दा सामान्य औषधि उपचार नपाएर अनिकालमा मृत्यु हुने गरेको डरलाग्दो तथ्य हाम्रो सामु छ । आज हामीले चाहेको समृद्धि कस्तो समृद्धि हो सामान्य जनता मात्र होइन ज–जसले समृद्धिका कुरा गरिरहेका छन्, उनिहरु नै अन्यौलग्रस्त भएको पाइन्छ । आज उनीहरु ठोस योजना भन्दा पनि लहलहैमा समृद्धिको नारालाई आफ्नो राजनैतिक स्वार्थ पुर्ति गर्न प्रयोग गरेझैं लाग्छ ।
नेपालमा राजनैतिक परिवर्तन सँगसँगै नयाँनयाँ राजनैतिक शव्दको उदय हुने गरेको इतिहास छ । जस्तो कि वि.सं. २०४६ सालको आन्दोलन पश्चात् नेपालमा विकास बारे अहिले जसरी समृद्धिको बहस भएको छ, त्यसरी नै विकासबारे बहस भएको पाइन्छ तर किन बीचमै विकास शब्द हरायो वा भनाैं किन समृद्धि शब्दको उदय हुन पुग्यो यो एउटा छलफलको विषय हुन सक्छ । यसका आफ्नै राजनैतिक कारण होलान् तर अहिलेको नेपालमा कस्तो समृद्धि भन्ने विषयमा छलफल गर्ने बेला आएको छ । आज जताततै समृद्धि समृद्धि भनेको सुन्न, पढ्न पाइन्छ त्यसैले अब नेपालमा कस्तो समृद्धि भन्ने बारे बहस र छलफल हुन जरुरी छ । आज एकाइसौ शताब्दीमा विश्वव्यापीकरणले गर्दा विश्व एउटा सानो समाज भएको छ । जसले गर्दा समाजमा दिनप्रतिदिन असमानता बढिरहेको छ जसरी अहिले समृद्धि सँग ठुलाठुला घर, चौडा बाटो, रेल र पानी जहाज लगायत आर्थिक पक्ष सँग मात्र जोडेर बुझ्ने र बुझाउने गरिन्छ त्यो बुझाइले वास्तवमा हामीले कल्पना गरेको समृद्धिको लक्ष्यमा पुर्याउँछ कि नाई ? एक पटक सोच्ने बेला आएको छ किनकी नेपालमा ठुला ठुला बाटो बन्नु राम्रो होला तर त्यसको प्रत्यक्ष फाइदा सम्भ्रान्त परिवारको लागि आफ्नो गाडीघोडा कुदाउन लाई होला तर त्यहा दिनरात मजदुरी गरि जीवन चलाउने वर्गको लागि खासै तात्विक फरक पर्दैन । हामीले चाहेको समृद्धिका पुर्वधार हामी आफै निर्माण गर्न सक्छौ कि अरु वैदेशिक राज्यको दयामायामा भर पर्नुपर्ने हो, त्यसले हामीलाई आत्मनिर्भर बनाउँछ कि परनिर्भर बनाउँछ छलफल गर्नुपर्ने बेला आएको छ । त्यसरी प्राप्त गरेको समृद्धिले सबै वार्गिय, जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय रुपमा सवै जनतालाई न्याय गर्न सक्छ कि नाई साथै राज्यको स्रोतसाधनमा जनताको सहज पहुच , रोजगारीमा, आम्दानी, नाफा र गरिबिमा रहेको असमानताको खाडल कतिको पुरिन्छ भन्ने कुरा महत्वपूर्ण हो । समृद्धिको कुरा गरिरहँदा नेपालमा रहेको परम्परागत समाजिक मान्यता, अवसरको असमानता, समाजिक विभेद, स्रोतसाधनको कमी, कृषि उत्पादकत्व र आयमा भएको ठूलो अन्तरलाई कसरी चिर्न सकिन्छ त्यसको ठोस नीति र योजना कसरी कार्यन्वयन गर्न सकिन्छ भन्ने प्रमुख कुरा हो किनकि जुन समाजमा सम्पन्नता र विपन्नता विच अन्तर हुन्छ त्यस समाजमा शान्ति तथा सुव्यवस्थालाई जोगाई राख्न सकिँदैन । अहिले भैरहेको समृद्धिको बहस मात्र जनतालाइ झुक्काउने राजनैतिक नारा नहोस् । साथै राज्यको स्रोतसाधन, नीतिनिर्माण, प्रशासन, राजनैतिक शक्तिको असमान वितरण नहोस्, जसले गर्दा कुनै निश्चित वर्ग, समुदाय ,लिङ्गमा शक्ति केन्द्रीकृत नहोस्, सबैले हाम्रो र राम्रो नेपालको महसुस गर्न सकुन् र आफू जुनै धर्म, जाति, समुदाय, लिङ्ग, क्षेत्रको भए पनि हिनताको भावना नहोस् । सबै सबैले आफ्नो क्षमता र योग्यता अनुसारको सम्मान र न्यायपुर्ण जीवन स्वाभिमान पुर्वक बाँच्न पाउनु पर्छ तब मात्र समृद्धिको सपना पूरा हुन्छ ।

प्रकाशित मिति: पुष १ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend