Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मानव विकास सूचकांकमा नेपाल १४२ स्थानमा, दक्षिण एसियामा छैटौं

हाम्रो कोशी आवाज
पुष १ २०७७, बुधबार
मानव विकास सूचकांकमा नेपाल १४२ स्थानमा, दक्षिण एसियामा छैटौं

धरानः मानव विकास सूचकांकमा पाँच अंक सुधारिँदै नेपाल विश्वको १४२ औं स्थानमा उक्लिएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको तथ्यांकअनुसार १८९ देशमध्ये नेपाल १४२ औं स्थानमा उक्लिएको हो । १४२ औं स्थानमा उक्लिएको नेपाल दक्षिण एसियामा छैठौं स्थानमा अटाएको छ । नेपालभन्दा अगाडि बंगलादेश, भारत, भुटान, माल्दिभस र श्रीलंका छन् ।
सन् २०१९ मा यूएनडीपीले सार्वजनिक गरेको तथ्यांकमा नेपाल यो स्थान बनाएको हो । सन् २०१९ मा नेपालको मानव विकास सूचकांक (एचडीआई) ०.६०२ छ। जुन, अघिल्लो वर्ष ०.५९५ थियो ।
यसैगरी लैगिंक समानता र लैगिंक विकास सूचकांकमा पनि नेपाल १४२ औं स्थानमै अटाएको छ । यूएनडीपीले दीर्घ, स्थास्थ्य जीवन र औसत आयुका आधारमा हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ ।

मानव विकास सूचकांकमा विश्वका १८९ मुलुकमध्ये नर्वे पहिलो स्थानमा छ । नर्वेको मानव विकास सूचकांक ०.९७५ छ । नर्वे अघिल्लो वर्ष पनि स्थानमा थियो ।
नर्वेपछि ०.९५५ सूचकांकसहित आयरल्याण्ड दोस्रो स्थानमा छ । स्वीजरल्याण्ड तेस्रो र एसियाली मुलुक हङकङ चौथो नम्बरमा छ ।
हङकङ मानव विकास सूचकांकमा एसियाली मुलुकको अग्रस्थानमा छ । हङकङपछि आइसल्याण्ड छैटौं, जर्मनी सातौं, अष्ट्रेलिया आठौं, नेदरल्याण्ड नवौं र डेनमार्क दशौं स्थानमा छन् । यस्तै, फिनल्याण्ड र सिंगापुर समान इन्डेक्ससहित ११औं स्थानमा रहेको यूएनडीपीले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
१४२औं स्थानमा उक्लिएको नेपाल दक्षिण एसियामा छैठौं स्थानमा अटाएको छ । नेपालभन्दा अगाडि बंगलादेश, भारत, भुटान, माल्दिभस र श्रीलंका छन् ।
यस्तै, पाकिस्तान र अफगानिस्तान भने नेपालभन्दा पछाडि परेका छन् । पाकिस्तान १५४औं र अफगानिस्तान १६९औं स्थानमा छन् ।
यसैगरी, दक्षिण एसियाको पहिलो स्थानमा श्रीलंका ७२ औं स्थानमा छ । यसैगरी दोस्रो स्थानमा माल्दिभस ९५ औं स्थानमा छ । यसपछि भुटान १२९औं, भारत १३१औं र बंगालदेश १३३औं स्थानमा छन् ।

प्रकाशित मिति: पुष १ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend