फुङलिङः ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. ४ डुम्रिसेमा बिहीबार (आज) दिउँसो टयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ना७त ३३९ नम्बरको टयाक्टर दुर्घटना हुँदा सहचालक सोही गाउँपालिका वडा नं. १ नाङ्खोल्याङ बस्ने २० वर्षीय सूर्यमान राइको मृत्यु भएको हो ।
गोलिया बोकेको टयाक्टर अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको स्थानीयले बताएका छन् । यता सो टयाक्टरका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि पोखरेलले बताए ।