Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चुनाव हुँदैनः प्रचण्ड, हुन्छ, हुन्छः ओली

हाम्रो कोशी आवाज
फाल्गुन ३ २०७७, सोमबार
चुनाव हुँदैनः प्रचण्ड, हुन्छ, हुन्छः ओली

धरानः नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको चुनाव हुन नसक्ने बताएका छन् ।
सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग बोल्दै उनले भने, ‘प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनाव हुँदैन, प्रष्ट भए हुन्छ । संसद विघटनको कदम चुनाव गराउनका लागि चालिएको होइन ।’
लामो बलिदान र संघर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा परेको बताउँदै प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरू आन्दोलित बनेको बताए ।
उता प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन जसरी पनि भएरै छाड्ने दावी गरेका छन् । ‘जनतालाई आफूले चाहेको दल छनोट गर्ने मौका मिलेको छ, निर्वाचन आयोगले तयारी गरिरहेको छ,’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टीभित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । उनले पार्टी भित्रैका केही नेताहरुले समानान्तर सरकार खडा गर्ने काम गरेको दाबी पनि गरे ।
उनले आफ्नो ३ वर्षे सरकार सञ्चालनका समयमा सरकारले गरेका कामहरुको प्रगति विवरण पेश गर्दै विकास निर्माण र मानवविकास सूचकांकका आधारमा निराश हुनुपर्ने अवस्था नभएको बताए । उनले अझै पनि मुलुक बन्छ र बनाउन सक्छु भन्ने दृढता आफूसँग भएको बताए ।

प्रकाशित मिति: फाल्गुन ३ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend