धरानः सर्वोच्चको फैसलापछि प्रचण्ड-माधव नेपाल समूह पुनरावलोकनमा जाने भएका छन् ।
नेकपा खारेज गर्ने सर्वोच्च अदालतको निर्णयलाई केपी शर्मा ओली पक्षले सकारात्मक भनिरहेको बेलामा सो पक्षले फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ ।
आइतबार सर्वोच्चको फैसला आउना साथ कानुन व्यवसायीहरुसँगको परामर्शमा जुटेको यो पक्षले सर्वोच्चको फैसला पुनरावलोकनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
नेकपा एमाले पृष्ठभूमिका नेता घनश्याम भुसालले सर्वोच्चको निर्णय राजनीतिक भएको र त्यसले आफूहरुलाई न्याय नगरेका कारण फैसला पुनरावलोकन गर्न आवश्यक भएको बताए । प्रचण्ड–नेपाल पक्षमै रहेका नेता रघुजी पन्तले सर्वोच्चको निर्णय न्यायिक नभई राजनीतिक भएको बताए ।