धरानः राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले राजतन्त्र फर्काउन नयाँ सम्झौता गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद लिङ्देनले अहिलेको शासन व्यवस्था असफल भइसकेको भन्दै २०६२–६३ को जनआन्दोलनपछि हटाइएको राजतन्त्र फर्काउन नयाँ सम्झौता गर्नुपर्ने बताए ।
मुलुक अब राजसंस्थासहितको शासन प्रणालीमा जानुपर्ने लिङ्देनको जोड छ । ‘हामी कहाँ जाने भनेर हिँडेका कहाँ पुग्यौँ ? काठमाडौंबाट काँकडभिट्टा हिँडेको नारायणगढबाट उल्टो हिँड्यौँ । हामीले भनेको सुनेनन्, हाम्रो आवाज सानो भयो । तर बुटवल पुगेपछि उल्टो हिँडेको थाहा भयो। आज प्रमाणित भयो हामीले अंगिकार गरेको प्रणाली गलत भयो। अहिलेको अवस्था र व्यवस्थामा सरकार परिवर्तन या नयाँ निर्वाचन जुन बाटो अवलम्बन गरे पनि यो अस्थिरताको अन्त्य गर्न सकिन्रुन। यही अस्थिरता भ्रष्टाचार र वैदेशिक हस्तक्षेपले निरन्तरता पाउँछ, लिङ्देनले भने ।
जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाउनु पर्ने जोड दिँदै लिङ्देनले संसदलाई पूर्णरुपमा समानुपातिक बनाउनुपर्ने र सांसदले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।