Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आउँदै गरेको मकालु बस दुर्घटनाः पाँचको मृत्यु, अझै सातको अवस्था गम्भीर

हाम्रो कोशी आवाज
बैशाख ४ २०७८, शनिबार
धरान आउँदै गरेको मकालु बस दुर्घटनाः पाँचको मृत्यु, अझै सातको अवस्था गम्भीर

धरानः बाँकेको कोहलपुर नगरपालिका–१२ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना हुँदा ज्यान गुमाएका ५ मध्ये चारजनाको पहिचान खुलेको छ ।
चारजना मृतकको सनाखत भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्द्र खनालले जानकारी दिए । बाँकेको कोहलपुर नगरपालिका–१२ रोहिणी खोला आर्मी ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो । बसमा सवार ४२ यात्रुमध्ये ३७ जना घाइते भएका छन् । दुर्घटनामा एक महिलासहित चार पुरुषको घटनास्थलमै मृत्यु भएको हो । अझै सातजना यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट धरानतर्फ आउँदै गरेको मे१ख ३३४७ नम्बरको मकालु यातायातको बस र शमशेरगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको टिपर कोहलपुर–अमिलिया सडकखण्डमा आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा टिपरचालक कोहलपुर नगरपालिका–३ बस्ने खगेन्द्रबहादुर सुनार, सहचालक कोहलपुर नगरपालिका–१२ का उदय बाँठा, सुर्खेत साताखान– ७ का जीवनबहादुर विक तथा झापाको मेचीनगर नगरपालिका– १२ घर भएका बसधनी छत्रबहादुर कटवाल छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अन्दाजी ३५ की एक महिलाको पनि मृत्यु भएको छ ।
तर, उनको नाम ठेगाना खुलेको छैन । एकजनाको घटनास्थलमै र चारजनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुरयाउनेबित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी खनालले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ४ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend