धरानः नेपाल कम्युनिष्टट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिनभित्रमा केन्द्रमा कायापलट हुने बताएका छन् ।
चितवनको माडीमा योङ कम्युनिष्ट लिग ९वाईसीएल० को कार्यक्रममा बोल्दै दाहालले उनले भने, ‘हेर्दै जानुहोला, केही दिनभित्र केन्द्रमा नयाँ कायापलट हुन्छ ।’
केपी शर्मा ओली नेतृत्वको सरकारलाई तह लगाउने अन्तिम प्रयासमा आफूहरु रहेको दाहालले बताए। त्यसको तयारीस्वरुप आज काठमाडौंमा राजनीतिक दलहरुसँग बैठक रहेको उनले बताए । उनले निरंकुश सरकारको पतन गराएर र जनपक्षीय सरकार बनाई अब नयाँ युगको सुरुवात हुने दाबी सेमत गरे ।
प्रतिगमनका विरुद्ध सडकमा आएका राजनीतिक दलको सहकार्यमा नयाँ सरकार छिट्टै बन्ने उनको भनाइ छ ।