Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

हाम्रो कोशी आवाज
बैशाख ८ २०७८, बुधबार
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

धरानः नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिएको छ ।
बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिने भन्ने अधिकार अध्यक्ष प्रचण्डले लिन सक्ने अधिकार दिएको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे अध्यक्ष प्रचण्डले निर्णय लिन सक्ने गरी स्थायी कमिटीले अधिकार दिएको छ ।
माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई ‘प्रतिगामी’ भन्दै आलोचना गर्दै आएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि अन्य दलले पनि ‘प्रतिगामी’ भनेका छन् ।

प्रकाशित मिति: बैशाख ८ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend