Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पार्टीभित्र गुटगत राजनीति गर्नेलाई कुनै हालतमा स्वीकार्न सक्दैनाैं : प्रधानमन्त्री

हाम्रो कोशी आवाज
बैशाख ९ २०७८, बिहिबार
पार्टीभित्र गुटगत राजनीति गर्नेलाई कुनै हालतमा स्वीकार्न सक्दैनाैं : प्रधानमन्त्री

धरानः प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता नदिने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी स्थापना तथा लेनिन जयन्तीका अवसरमा बल्खुमा पार्टी कार्यालय शिलान्यास क्रममा ओलीले नेताहरूलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको बताए। यसलाई कमजोरीका रूपमा नलिन पनि उनले चेतावनी पनि दिए।
ओलीले भने, ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौं। गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं।’
माधव नेपाललाई अनुशासित भएर पार्टीमा आउन अनुरोध गरेका ओलीले अहिले पनि उनीहरूलाई सम्झाउने प्रयास भइरहेको बताए।

 

प्रकाशित मिति: बैशाख ९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend