Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बैशाख १५ गतेदेखि ‘लकडाउन’ गर्ने तयारीमा सरकार

हाम्रो कोशी आवाज
बैशाख १३ २०७८, सोमबार
बैशाख १५ गतेदेखि ‘लकडाउन’ गर्ने तयारीमा सरकार

धरानः सरकारले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्लामा लकडाउन गर्ने तयारी भएको छ ।
कोरोना संक्रमितको संख्या बढेपछि आइबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले बैशाख १५ गतेदेखि लकडाउन गर्ने तयारी गरेको हो ।
सिसिएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ती वटै जिल्लामा लकडाउन गर्न लागिएको हो ।
सिसिएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूलाई यससम्बन्धी आन्तरिक तयारी गर्नसमेत भनिसकेको छ । सिसिएमसीको प्रस्ताव अनुसार निर्णय गर्न आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसिरहेको छ ।
आगामी बुधबारदेखि यातायातका साधन बन्द गरिने र आन्तरिक उडानसमेत बन्द हुने सिसिएमसीको निर्णय रहेको बताइएको छ ।
सिसिएमसीको आइतबार बसेको बैठकले शहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको क्षेत्रमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति: बैशाख १३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend