Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फ्लोर क्रस गरेर सांसद पद चट् भएका तीन जना मन्त्रीले लिए पुनः शपथ

हाम्रो कोशी आवाज
बैशाख १५ २०७८, बुधबार
फ्लोर क्रस गरेर सांसद पद चट् भएका तीन जना मन्त्रीले लिए पुनः शपथ

धरानः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन फ्लोर क्रस गरेका तीन जना मन्त्रीले पुनः शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले प्रदेश प्रमुख गोविन्द कलौनीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका उनीहरूलाई फ्लोर क्रस गरेको भन्दै एमालेले यी तीनसहित चारजनालाई सांसदबाट पदमुक्त गरिसकेको छ ।
पार्टीले निष्कासन गरेपछि उनीहरूलाई स्वतन्त्रको हैसियतमा शपथ गराइएको हो । संविधानअनुससार सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न सक्नेछन् ।

प्रकाशित मिति: बैशाख १५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend