Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

हाम्रो कोशी आवाज
बैशाख २१ २०७८, मंगलबार
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

धरानः नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको बताए । उनले भने, ‘समर्थन त हाम्रो पहिले पनि थिएन, बुधबारदेखि औपचारिकता रुपमै समर्थन फिर्ता हुन्छ ।’

त्यस्तै, बैठकले सरकारले विशेष अधिवेशन बोलाउनुको उद्देश्य राम्रो नदेखिएको भन्दै त्यसमा सवैको ध्यान जान जरुरी रहेको निष्कर्ष निकालेको छ। साथै, लुम्बिनीको सरकार गठन प्रक्रिया अलोकतान्त्रिक रहेको र प्रदेश सरकार घोषणा गर्ने निर्णय अवैधानिक रहेको माओवादी केन्द्रको ठहर छ ।

बैठकले गण्डकी र कर्णाली प्रदेशका प्रदेश प्रमुखको बर्खास्ती संविधानविपरित भएको निष्कर्ष निकालेको छ।

बैठकले देशलाई प्रतिगमनतिर लान खोजेको भन्दै संविधान र लोकतन्त्रको रक्षाको लागी सम्पुर्णमा सचेत र एकतावद्ध रहन अपिल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख २१ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend