Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माओवादीले संसद सचिवालयलाई बुझायो समर्थन फिर्ताको पत्र

हाम्रो कोशी आवाज
बैशाख २२ २०७८, बुधबार
माओवादीले संसद सचिवालयलाई बुझायो समर्थन फिर्ताको पत्र

धरानः नेकपा माओवादी केन्द्रले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ ।
माओवादीका नेता देव गुरुङले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएका हुन् । माओवादीले समर्थन फिर्ता लिनुको कारण सरकार असक्षम भएको र राष्ट्रियताको मुद्दालाई सौदाबाजीको विषय बनाएको आरोप लगाएको छ ।
माओवादीको मंगलबार बसेको स्थायी कमिटी बैठकबाट गरेको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाएको हो ।
गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो ।

प्रकाशित मिति: बैशाख २२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend