Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संवैधानिक परिषद्को बैठकमा भाग लिन्नौं: नेपाली कांग्रेस (विज्ञप्तिसहित)

हाम्रो कोशी आवाज
बैशाख २५ २०७८, शनिबार
संवैधानिक परिषद्को बैठकमा भाग लिन्नौं: नेपाली कांग्रेस (विज्ञप्तिसहित)

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ९भोलि०का लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसले भाग नलिने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार ९आज० प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने बताएका हुन् ।
विज्ञप्तिमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित भएको भन्दै बैठकमा भाग नलिने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ ।’
सरकारले ल्याएको अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरित रहेको विज्ञप्तिमा उल्लेख छ ।
गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‌ ९काम कर्तव्‍य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्‍यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी थ्इिन् ।

प्रकाशित मिति: बैशाख २५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend