Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वाम गठबन्धनको प्रस्ताव र प्रधानमन्त्रीको प्रस्तावक मै हुँ तर मै घाँडो, प्रधानमन्त्रीकै कारण कोरोना फैलियोः प्रचण्ड

हाम्रो कोशी आवाज
बैशाख २७ २०७८, सोमबार
वाम गठबन्धनको प्रस्ताव र प्रधानमन्त्रीको प्रस्तावक मै हुँ तर मै घाँडो, प्रधानमन्त्रीकै कारण कोरोना फैलियोः प्रचण्ड

धरानः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् ।
सोमबार संसद भवनमा प्रधानमन्त्रीले विश्वासको मत मागेको बैठकमा सम्बोधन गर्दै दाहालले ओलीलाई राजीनामा दिन सुझाएका हुन् । उनले बाम गठबन्धनको प्रस्तावक र प्रधानमन्त्रीको प्रस्तावक आफू नै रहेको बताउँदै भने, ‘वाम गठबन्धनको प्रस्तावक र प्रधानमन्त्रीको प्रस्तावक मै थिएँ म जस्तो भावुक, फकाउँदा फकाइने मान्छेलाई के भनेको ? म कति कुरा सहेरै हिँडेको थिएँ, अहिले आएर प्रधानमन्त्रीका लागि म नै घाँडो भएको जस्तो भएको छ ।’
प्रधानमन्त्रीले दम्भ, अहङ्कार देखाएको बताउँदै उनले भने, ‘भएका कुरा पनि भए नै भन्नुभयो, नभएका कुरा पनि भए नै भन्दिनुभयो ।’ विश्वासको मत लिने कुरा पनि नाटकीय भएको उनको तर्क थियो ।
दाहालले अहिले संविधानलाई कोरोना लागेको जस्तो भएको र त्यसको जिम्मेवार ओली रहेको पनि बताए । प्रधानमन्त्रीजस्तो मान्छेले आत्मअनुशासन पालना नगरेर नै कोरोना फैलिएको प्रचण्डको आरोप थियो । ‘रथ तान्ने, शिलान्यास गर्ने अनि कोरोना नसरे के सर्ने ?’
उनले प्रतिनिधिसभा बैठकमा राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि प्रतिनिधिसिभामा बोल्दै दाहालले उक्त सुझाव दिएका हुन् । ‘अहिले पनि राजीनामा दिएर अर्को सरकार गठनको बाटो क्लियर गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र भावना अनुरुप हुन्छ भन्ने सुझाव दिन चाहन्छु,’ दाहालले भने ।
अब संविधानको धारा ७६ (२) अनुसार सरकार बन्नुपर्छः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि संसदमा आफ्ना धारणा राख्दै देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएकोले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरे ।
देउवाले ओली सरकार अधिनायकवादी बनेको, गणतन्त्रमाथि खतरा पैदा गरेको कारण विश्वासको मत दिन नसक्ने बताए । संसद बैठकमा नेताहरुले बोलिसकेपछि मतदान प्रक्रिया सुरु हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हुँदाहुँदै अर्को प्रधानमन्त्री बन्ने सम्भावना नदेखेको बताएका छन् ।
‘मैले विश्वास लिएको छु माननीय सदस्यज्यूहरुले हुन्न भन्नेमा त कसरी रेजा लगाउन सक्नुहुन्छ र ? बाहिरसम्म आउँदा त प्रधानमन्त्रीले फोन पनि गरेन भन्ने लागेको होला कुरा छोडिदिनुस् म काममै लागेर फोन गर्न नभ्याएको हो,’ उनले भने, ‘यो सदनले म छँदाछँदै अर्को कसलाई प्रधानमन्त्री बनाउला र म त्यतापट्टि जान चाहन्न ।’
अदालतबाट विघटित प्रतिनिधि सभा पुनस्र्थापना भएपनि बाहिर बाहिर प्रधानमन्त्री मन परेन भनिएपनि आफूविरुद्ध कसैले अविश्वास नगरेको उनले जिकिर गरे ।
‘राजनीतिमा सँगै भएपछि कहिले कहिले भनाभन पनि हुँदो रहेछ । मैले पनि केही भने हुँला । तर पार्टी अलग भएर विश्वास छैन भन्दा पनि समर्थन फिर्ता त लिनुभएन,’ ओलीको तर्क थियो, ‘कति सुढृढ समर्थन । समर्थन फिर्ता लिएको धेरै दिन भएको छैन केही दिनमात्र भयो, अब आज दिए भैगो ।’

प्रकाशित मिति: बैशाख २७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend