Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राष्ट्रिय जनमोर्चाले गर्‍यो कृष्ण थापालाई कारबाही, संसदीय दलको नेताबाट पदमुक्त

हाम्रो कोशी आवाज
बैशाख २९ २०७८, बुधबार
राष्ट्रिय जनमोर्चाले गर्‍यो कृष्ण थापालाई कारबाही, संसदीय दलको नेताबाट पदमुक्त

धरानः राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा सो पार्टीका सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ।
सो प्रदेशमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई भोट दिने पार्टीको निर्णय नमानेका कारण उनलाई कारबाही गरिएको जनमोर्चाका महासचिव मनोज भट्टले बताएका छन्।
गत बैशाख १० गते थापा समेतको उपस्थितिमा बसेको दलको केन्द्रको र बैशाख १२ गते थापाको अध्यक्षतामा बसेको राष्ट्रिय जनमोर्चाको संसदीय दलको बैठकले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहित मिलेर सरकार निर्माण गर्ने प्रस्तावलाई समर्थन गर्ने निर्णय भएको भट्टद्वारा प्रदेश सभा सचिवालयमा बुझाइएको पत्रमा उल्लेख छ।
‘निर्णयका विरुद्ध कार्य गरी दलको निर्णय विपरित काम कारबाहीमा संलग्न रहनु भएकोले आज मिति २०७८ साल बैशाख २९ गते माननीय कृष्ण थापालाई पार्टीको निर्देशन विपरित कार्य गरेकोले तपाईलाई संसदीय दलको नेताबाट हटाइ अन्य आवश्यक कारबाही किन नगर्नेरु सम्बन्धमा स्पष्टीकरण माग गरिएको थियो,’ सो पत्रमा उल्लेख छ।
तर थापाले अटेर गरी स्पष्टीकरण नबुझाएकोले आज बुधबार नै बसेको राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको जुम बैठकले उनलाई तत्काल संसदीय दलको नेताबाट हटाइ सोको विवरण सचेतक मार्फत् संसद सचिवालयमा बुझाउने निर्णय गरिएको समेत महासचिव भट्टले जानकारी दिएका छन्।

प्रकाशित मिति: बैशाख २९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend