Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खाडी मुलुकमा रहेका नेपालीले अक्सिजन सिलिन्डर पठाउने

हाम्रो कोशी आवाज
बैशाख ३० २०७८, बिहिबार
खाडी मुलुकमा रहेका नेपालीले अक्सिजन सिलिन्डर पठाउने

धरानः खाडी मुलुकमा रहेका नेपालीको समन्वयमा छ सय अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउने तयार गरिएको छ ।
नेपालमा नयाँ भेरिएन्टसहितको कोरोनाका कारण सङ्क्रमण हुने दर निकै बढेपछि खाडीमा रहेका नेपालीको समन्वयमा त्यो सङ्ख्याका अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउन थालिएको हो ।
ओमानस्थित नेपाली दूतावासले खरिद गरिएका अक्सिजन सिलिन्डर नेपाल पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिररहेको जनाएको छ ।
साथै खरिद गरिएका सिलिन्डर नेपाल पठाउने विषयमा दूतावासले नेपाल एयरलाइन्ससँग कुराकानी भइरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिए । राजदूत ढकालका अनुसार अक्सिजन सिलिन्डर खरिद गरिसकेकाले जतिसक्दो छिटो नेपाल पठाउन दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्समार्फत पेपर वर्क गरिरहेको छ ।
खाडी मुलुकमा कार्यरत नेपालीको संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले स्वतःस्फूर्त आर्थिक सहयोग गरेर सिलिन्डर खरिद गरिसकेको र आइतबारसम्म नेपाल पठाउने तयारी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: बैशाख ३० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend