Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सपथ लिएसँगै ओली बने कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति

हाम्रो कोशी आवाज
बैशाख ३१ २०७८, शुक्रबार
सपथ लिएसँगै ओली बने कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति

धरानः नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपटक सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ ।
तेस्रोपटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । सँगै कम्युनिस्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति हुन् । प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिपरिषदमा पनि पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्।
जनता समाजवादी पार्टी (जसपा)लाई समेत सरकारमा सहभागी गराउने बारेमा जसपाका नेताहरुसँग छलफल परामर्श जारी रहेका कारण अहिले कुनै फेरबदल नगरिएको प्रधानमन्त्री ओलीनिकट नेताहरुको भनाइ छ।
कोको भए मन्त्री ?
१. ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
२‍. रामबहादुर थापा बादल, गृह
३. टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ
४. विष्णु पौडेल, अर्थ
५. प्रदीप ज्ञवाली, परराष्ट्र
६. हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
७. लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति
८. कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि
९. प्रभु साह, सहरी विकास
१०.भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
११. मणिचन्द्र थापा, खानेपानी
१२. पद्‍मा अर्याल, कृषि
१३. बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
१४. गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५. पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि
१६. शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१७. लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला
१८. गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
१९. प्रेमबहादुर आले, वन
२०. जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२१. दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु

२२. नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
२३. रामवीर मानन्धर, सहरी विकास
२४. विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

प्रकाशित मिति: बैशाख ३१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend