Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमालेका दुई पक्षबीच साँझ वार्ता, ओलीसँग छलफल गर्न नेपालले साथमा लाँदैछन् पाँच नेता

हाम्रो कोशी आवाज
बैशाख ३१ २०७८, शुक्रबार
एमालेका दुई पक्षबीच साँझ वार्ता, ओलीसँग छलफल गर्न नेपालले साथमा लाँदैछन् पाँच नेता

धरानः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको विवादको विषयमा आज शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग छलफलका लागि वरिष्ठ नेता नेपालले एक टोली चयन गरेका छन्।
टोलीमा भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुने भएका छन्।
‘पार्टीभित्र देखिएको समस्या समाधानका विषयमा छलफल हुनेछ,’ भूसालले नेपालखबरसँग भने।
छलफलका लागि साँझ छ बजेका लागि छलफलको समय तोकिएको छ।
नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष ओली र नेता नेपालबीच बिहीबार बूढानीलकण्ठ चपलीहाइटस्थित एक निजीनिवासमा चार घण्टा लामो वार्ता भएको थियो।
त्यसलगत्तै नेपाल पक्षले भन्दै आएको सामूहिक राजिनामा दिने योजनाबाट पछि हटेको थियो।
आज शुक्रबार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच छलफल भएको थियो। अहिले सो पक्षका केन्द्रीय सदस्यहरुसँग छलफल भैरहेको छ।

प्रकाशित मिति: बैशाख ३१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend