Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रचण्डको नेतृत्वमा कोरोनाविरुद्ध लड्ने टिम बनाउने निर्णय

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०७८, बिहिबार
प्रचण्डको नेतृत्वमा कोरोनाविरुद्ध लड्ने टिम बनाउने निर्णय

धरानः नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा कोभिड १९ विरुद्ध लड्ने टिम बनाउने र तीन लाख बढी पार्टीका नेता, कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको छ । बिहीवार पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।
यो संयन्त्र प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म निर्माण हुने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए । माओवादी केन्द्रले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को खारेज गर्नुपर्ने माग राख्ने पनि निर्णय गरेको छ ।
आफ्नै पार्टी कोषबाट अक्सिजन प्लान्ट निर्माणको पहल पनि गर्ने माओवादीले निर्णय गरेको छ । त्यसका लागि स्थानीय तहमा आफ्नो तर्फबाट निर्वाचित जनप्रतिनिधिको सहयोग र परिचालन गरिने भएको छ । यी सबै काम र निर्णयहरुको जानकारी सरकारलाई चाँडै दिने निर्णय भएको पोखरेलले बताए ।
भोलि नै माओवादी केन्द्रले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको सन्दर्भमा अध्यक्ष प्रचण्ड लगायतका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराउने पनि माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।
बैठकले अक्सिजनलगायतका स्वास्थ्य सामग्रीको सप्लाई, सरकारी तथा निजी अस्पतालको क्षमता वृद्धि, कोभिड सङ्क्रमितलाई आवश्यक बेडको वृद्धि र आइसोलेशन, आईसीयू, भेन्टिलेटर लगायतको क्षमता विस्तार गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: जेष्ठ ६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend