Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘कसैलाई खुशी पार्न र सत्ता जोगाउन ल्याइएको नागरिकतासम्बन्धी अध्यादेश फिर्ता लिइयोस्’

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७८, सोमबार
‘कसैलाई खुशी पार्न र सत्ता जोगाउन ल्याइएको नागरिकतासम्बन्धी अध्यादेश फिर्ता लिइयोस्’

धरानः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ ।
नागरिकतासम्बन्धी अध्यादेश खारेज गर्न सरकारलाई चेतावनी समेत दिएको छ । महासचिव विप्लवले सोमबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रहितविपरीत नागरिकता विधेयक अध्यादेश जारी गर्ने निर्णय खारेज गर्न चेतावनी दिएका हुन् ।
पहिलो विषय यो संविधान जारी गर्दा नै नागरिकतासम्बन्धी कैयौँ गलत एवम् त्रुटिपूर्ण प्रावाधानहरू रहेको विप्लवले बताएका छन् ।
सरकारले आफ्नो सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ ।
‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ’ उनले भनेका छन्, ‘त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने हुन्छ ।’

प्रकाशित मिति: जेष्ठ १० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend