धरानः नेकपा एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्काशन गरेको छ ।
उनीहरुलाई एमालेको साधारणसदस्य समेत नरहने गरी निष्कासित गरिएको हो ।
नेकपा एमालेले खनाल–नेपाल समूहका ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । सोमबार (आज) बसेको नेकपा स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो ।
गएको शनिवार स्पष्टीकरण मागिएकाहरूले स्पष्टीकरण नबुझाएपछि उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर कारबाही गरिएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
सांसदहरू नेपाल, खनाल र रावलसहित रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणीकुमारी खड्कालाई समेत एमालेले कारबाही गरेको हो ।
त्यसैगरी, आज प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सो बैठकले थप १२ जना एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनी हस्ताक्षर गरी सर्वोच्च अदालत जानेमध्येका थप १२ जनालाई सो स्पष्टीकरण सोधिने भएको हो । आजै पार्टीबाट निष्काशन गरिएका ११ जना र थप १२ जना गरी २३ जना एमाले सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।