Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विपक्षी गठबन्धनको भेलामा देउवाले भने आन्दोलनमा जान त हुन्थ्यो, कोरोना यस्तो छ

हाम्रो कोशी आवाज
जेष्ठ १६ २०७८, आइतबार
विपक्षी गठबन्धनको भेलामा देउवाले भने  आन्दोलनमा जान त हुन्थ्यो, कोरोना यस्तो छ

धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध कांग्रेस आन्दोलनमा जान खोजेको तर कोरोनाले अप्ठेरो पारेको बताएका छन् ।
आइतवार देउवानिवास बुढानीलकण्ठमा बसेको भेलामा देउवाले सरकारको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जानुपर्ने आवश्यकता जनाएका हुन् । उनले ओली सरकारको राजनीतिक प्रतिवाद गर्ने समेत बताए ।
ुसभापति देउवाले आन्दोलनमा जानु अपरिहार्य रहेको तर अहिले कोरोना महामारीका कारण गइहाल्ने स्थिति नभएको भनेर आफ्नो कुरा राख्नुभयो,ु भेलामा सहभागी कांग्रेसका अर्का एक नेताले सूत्रन्यूजसँग भने ।
भेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसकै केही पदाधिकारीलगायत सहभागी भएका थिए ।
छलफलमा प्रचण्डले अध्यादेशमार्फत बजेट आएकोमा असन्तुष्टि जनाएका थिए ।
ओलीको चुनावी घोषणापत्र जस्तो बजेट आयो, त्यो पनि असंवैधानिक तरिकाले,ु प्रचण्डको भनाइ उदृत गर्दै अर्का एक नेताले भने ।
बैठकले सरकारका कदमबारे संयुक्त विज्ञप्ति निकालेर विरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: जेष्ठ १६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend