Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

हाम्रो कोशी आवाज
जेष्ठ १६ २०७८, आइतबार
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

धरानः प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।
आज आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो ।
आज संवैधानिक इजलासमा अधिवक्ता गोविन्द बन्दीले बमकुमार श्रेष्ठको सहभागीतामाथि प्रश्न उठाएका हुन्।शुक्रवार भएको सुनुवाइका क्रममा पनि उनले यही प्रश्न उठाएका थिए ।
त्यस्तै अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिदामा बस्न सुझाव दिएका छन् ।
आइतवार प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न गठन गरिएको संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागिताप्रति सवाल(जवाफ गर्ने क्रममा उनले त्यस्तो सुझाव दिएका हुन् ।

अधिवक्ता थापाले भारतको एउटा उदाहरण दिँदै प्रधानन्यायाधीशलाई बिदामा बस्न सुझाव दिएका हुन् । सवाल(जवाफमा उत्रँदै उनले भने, ुभारतमा न्यायाधीश दीपक मिश्रमाथि पनि प्रश्न आएपछि आफूबाहेक राखेर इजलास गठन गरेर फैसला भएको थियो। फैसला चाहिन्छ भने म दिन्छु। तपाईंको विकल्प के छ भन्नुभयो, बिदामा बस्नुस्।ु

अर्को सुनुवाई भोलि सोमबार जारी रहने गरी रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको हो ।

प्रकाशित मिति: जेष्ठ १६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend