धरानः यस वर्ष अलि बढी वर्षा हुने मौसमविद्हरुले बताएका छन् ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त रहेको समेत बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा अलि धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधीले धेरैलाई असर गर्नसक्ने बताएका हुन् । सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए ।
मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने देखिन्छ । यस्तै, प्रदेश १ का मध्य तथा हिमाली भागमा पनि सरदरभन्दा बढी (३५–६५ प्रतिशत) वर्षा हुने आँकलन गरिएको छ ।
लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश २ को पश्चिम भूभागमा भने सरदर (३५–४५ प्रतिशत) र प्रदेश १ को तराई र प्रदेश २ का पूर्वी जिल्लाहरूमा सरदरभन्दा कम (३५–४५ प्रतिशत) वर्षा हुनेछ ।
सरदर वर्षा भन्नाले कुनै पनि मौसम मापन केन्द्रको लामो समय (सन् १९८१–२०१०) को ३३.३ देखि ६६.६ प्रतिशत वर्षालाई जनाउँछ । सरदरभन्दा कम र बढी वर्षा भन्नाले क्रमशः ३३.३ प्रतिशतभन्दा कम र ६६.६ प्रतिशतभन्दा बढीको वर्षालाई जनाउँछ ।
गत वर्ष विभागले नेपालभर सरदर वर्षा हुने आँकलन गरे पनि असमान वर्षा भएको थियो । केही भागमा सरदर, केही भागमा सरदरभन्दा बढी र केही भागमा कम वर्षा भएको थियो । यद्यपि त्यसले पहिरोजन्य क्षति भने अत्यधिक निम्त्याएको थियो ।
विशेषज्ञहरूले दक्षिण एसियाका उत्तर पश्चिमी, हिमालयका काख र उत्तरपूर्वी भेगमा केही भूभाग र मध्य भागका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेका छन् ।
गत वर्ष विभागले नेपालभर सरदर वर्षा हुने आँकलन गरे पनि असमान वर्षा भएको थियो । केही भागमा सरदर, केही भागमा सरदरभन्दा बढी र केही भागमा कम वर्षा भएको थियो । यद्यपि त्यसले पहिरोजन्य क्षति भने अत्याधिक निम्त्याएको थियो ।
घिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपतको घटना कहालीलाग्दो हुनसक्ने बताए । उनले भने, ‘पोहोरभन्दा यसपालि झन गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षती बेहोर्नुपरयो । यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानि पर्ने देखिएको छ । बाढी, पहिरोको घटना र अन्य रोगव्याधिका घटना नि बढ्ने देखेका छौं ।’
उनले हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्वतयारी गर्न आवश्यक रहेको बतताए । उनले विपत् बाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफूहरुले प्रेसित गर्ने सन्देशहरू निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरे ।
