Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नागरिकता अध्यादेशविरुद्धको मुद्दा हेर्दा–हेर्दैमा, अन्तरिम आदेश जारी भएन

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७८, शुक्रबार
नागरिकता अध्यादेशविरुद्धको मुद्दा हेर्दा–हेर्दैमा, अन्तरिम आदेश जारी भएन

धरानः सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको परेको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हेर्दा–हेर्दैमा राखिएको छ ।
नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको परेको रिटमाथि शुक्रबार (आज) बाट संवैधानिक इजलासमा सुरु भएको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। अर्को सुनुवाई जेठ २७ गते हुनेछ ।
रिट निवेदक मध्ये एक अधिवक्ता वीरभद्र जोशीले सो मुद्धामा अब अर्को सुनुवाई जेठ २७ गते हुने जानकारी दिए। उनका अनुसार सबै निवेदकले अध्यादेशअनुसार नागरिकता वितरण रोक्न माग गरेपनि इजलासको प्रारम्भिक सुनुवाई नै नसकिएपछि अन्तरिम आदेश जारी हुन सकेन ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी जारी गरिएको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।
अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित अधिवक्ताहरु विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका तर्फबाट सो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलसमेतको छुट्टाछुट्टै ७ वटा रिट निवदेन दायर भएको थियो ।
सो रिट उपर सुनुवाई गर्न प्रधानन्यायधीश चोलेन्द्रसमशेर राणाले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन्। इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।

प्रकाशित मिति: जेष्ठ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend