Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यस्तो छ ११ न्यायाधीशले संवैधानिक इजलासमा मुद्दा हेर्न नमिल्ने भन्दै पेस भएको निवेदन

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०७८, आइतबार
यस्तो छ ११ न्यायाधीशले संवैधानिक इजलासमा मुद्दा हेर्न नमिल्ने भन्दै पेस भएको निवेदन

धरानः अधिवक्ता राजाराम घिमिरेले संवैधानिक इजालसका लागि रोस्टरमा रहेका ११ जना न्यायाधीशले प्रतिनिधि सभा विघटनसँग सम्बन्धित अहिले सुनुवाइ भइरहेको मुद्दा हेर्ने नमिल्ने भन्दै निवेदन पेस गरेका छन्।
अधिवक्ता घिमिरेले पेश गरेको निवेदनमा ११ न्यायाधीशहरु दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा। आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी र वमकुमार श्रेष्ठले संवैधानिक इजलासमा केपी ओलीविरुद्धको मुद्दा हेर्न नमिल्ने तर्क गरेका छन् ।
अधिवक्ता घिमिरेले कुन न्यायाधीश कुन पार्टीको सरकारका पालामा नियुक्त भएका हुन् भन्ने आधारमा मुद्दा हेर्न नमिल्ने जिकिर गरेका कारण प्रधानन्यायाधीश राणाले आपत्ति जनाएका हुन् ।
आइतबार निवेदन पेस गर्नुअघि प्रधानन्यायाधीशले निवेदन फिर्ता नलिए अवहेलनामा कारबाही भोग्न तयार रहन चेतावनी दिएका थिए। त्यसका बाबजुद उनले निवेदन पेस गरेका हुन्।
घिमिरेले निवेदनमा ११ जना न्यायाधीशको सूची र उनीहरुले किन मुद्दा हेर्न मिल्दैन भन्ने कारण समेत उल्लेख गरेका छन्। घिमिरे प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यसायी समेत हुन्।

प्रकाशित मिति: जेष्ठ २३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend