Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमाले एकताका बाधक ओली, खनाल र नेपाल : योगेश भट्टराई

हाम्रो कोशी आवाज
जेष्ठ २६ २०७८, बुधबार
एमाले एकताका बाधक ओली, खनाल र नेपाल : योगेश भट्टराई

धरानः नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीभित्र एकता कायम हुन नसक्नुमा अध्यक्षसहित तीनै शीर्ष नेता दोषी रहेको आरोप लगाएका छन्।
एमालेलाई एक बनाउन प्रयासरत नेता भट्टराईले बुधबार बिहान यसमा देखिएको अवरोध विश्लेषण गर्दै यसमा अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्वय झलनाख खनाल र माधवकुमार नेपाल तीनै जना जिम्मेवार रहेको ठहर गरेका हुन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बरु अन्य पार्टीसँग सत्ता सहकार्य गर्न तयार हुने तर आफ्नै पार्टीका नेतासँग सहकार्य गर्न तयार नहुने तथा खनाल–नेपाल पनि अन्य दलसँग नजिकिन सक्ने तर आफ्नै अध्यक्षसँग मिल्न नसक्ने प्रवृत्ति नै एमाले एकताका बाधक भएको उनको विश्लेषण छ।
एमाले एकताको मूल जड केलाउँदै नेता भट्टराई भन्छन्, ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन झलनाथ खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने’
उनी अगाडि भन्छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने’
उनी प्रश्न गर्छन्, ‘कसले, किन र केका लागि गर्दै छ यो सब एमाले एकताको समस्याको मुल जड यहिँ छ।
यस विषयमा कमरेडहरु बीचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत् एमालेको एकता बचाउन जरुरी छ।

प्रकाशित मिति: जेष्ठ २६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend