Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सभामुखसँगको छलफलमा दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरू

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०७८, शुक्रबार
सभामुखसँगको छलफलमा दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरू

धरानः सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।
संसद् विघटनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई आज शुक्रबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक आयोजना गरेका हुन्।
बैठकमा पूर्वप्रधानमन्त्रीहरुलाई पनि आमन्त्रण गरिएको छ।
सभामुखको सचिवालयका अनुसार छलफलमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, डा  बाबुराम भट्टराई , जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी छन्।
अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल भर्चुअलरुपमा सहभागी भएका छन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा दोस्रोपटक विघटन गरेपछि सभामुख सापकोटाले यही जेठ २३ गते कानुनविद् र जेठ ११ गते पूर्वसभामुखसँग छलफल गरिसकेका छन्।

प्रकाशित मिति: जेष्ठ २८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend