Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

काठमाडौँ उपत्यकामा निषेधाज्ञा मोडालिटी परिवर्तन गरेर अझै एकसाता लब्याउने तयारी

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०७८, शुक्रबार
काठमाडौँ उपत्यकामा निषेधाज्ञा मोडालिटी परिवर्तन गरेर अझै एकसाता लब्याउने तयारी

धरानः कोरोना भाइरस संक्रमणदरमा अपेक्षाकृत कमी नआएपछि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी भएको छ ।
उपत्यकाका तीनै जिल्लाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु निषेधाज्ञा थप्ने विषयमा छलफलमा जुटेका छन् ।
संक्रमणदर नघेटेकाले अझै केहीदिन निषेधाज्ञा थप्न विज्ञहरुले सुझाव दिएकाले के गर्ने भन्ने विषयमा छलफल चलिरहेको एक प्रजिअले जानकारी दिए ।
‘हामी छलफलमानै छौ, विज्ञहरुको सुझावअनुसार नै निर्णय हुन्छ होला तर निषधाज्ञा केही खुकुलो हुनेछ, उनले भने ।
यसअघि उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा घोषणा गरिएकोले थप ७ दिने थप्ने सम्बन्धी निर्णय आज साँझसम्म आउने पनि जनाइएको छ ।

प्रकाशित मिति: जेष्ठ २८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend