धरानः कोरोनाभाइरस महामारी नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा लागु गरिएको निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा अझ थप ुकेही खुकुलोु बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको हो।
खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ।
त्यस्तै अनलाइन मार्फत सेवा सुविधा विहान सात देखि बेलुका सात बजेसम्म दिन पाइने भएको बताइएको छ।
गह हप्ता सर्वोच्च अदालतले अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको थियो।
आइतवार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरूको बैठकले उक्त निर्णय गरेको ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौलाले बताए।
त्यस्तै विकाश निर्माणका कार्य अघि बढाउनका लागि आवश्यक ढुवानी सेवा सञ्चालन गर्न सहज बनाइने भएको छ। तर सार्वजनिक तथा निजी सवारी साधनका हकमा लागु व्यवस्था भने कायम नै रहने छ।
यसअघि सङ्क्रमण बढ्न थालेपछि वैशाख १६ गते एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि पटकपटक थप गर्दै जेठ महिनासम्म कायम गरिएको थियो
करिब एक महिनादेखि निषेधाज्ञा गरिएको भए पनि पूर्ण प्रभावकारी हुन नसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको गुनासोबीच कोभिड(१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशले सजाय र जरिबाना तोकेको थियो।
उक्त अध्यादेशलाई आधार बनाएर जिल्ला प्रशासनले गत हप्तादेखि निषेधाज्ञा निकै कडा बनाएको थियो।
पछिल्ला हप्ताहरूमा सङ्क्रमित हुनेहरूको सङ्ख्यामा ुकेही कमी देखिएकालेु निषेधाज्ञा पनि केही खुकुलो पारिएको अधिकारीहरूको भनाइ छ।
तर अध्यादेशमा आधारित रहेर कुनै पनि बेला आवश्यकता अनुसार कदम चाल्न सकिने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।