पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । ४र५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।